भक्तपुर । नेकपा एमाले पार्टी अहिले फुटको संघारमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अपिल सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकार गिराउन आफ्नै पार्टीकै नेताहरुले खेलेको भूमिका प्रति असन्तुष्टि जनाउँदै त्यस्ता कार्यमा नलाग्न पनि आग्रह गरेका छन् । उनले अपिलमा आफ्ना पक्षमा लाग्नेहरुलाई काखा पाखा नगर्ने प्रतिवद्धता जनउँदै एकताको पक्षमा लाग्न आग्रह गरेका छन् ।
आइतवार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलिले मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गरेका छन् । आजको प्रेस वक्तव्यमा ओलिले माधव कुमार नेपाललाई संकेत गर्दै कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ,अहंकार,असन्तुष्टि र इश्र्या रहेको जनाएका छन् । त्यस्ता ब्यक्तिको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने भन्दै बेलैमा सोच्न सचेत गराएका छन् ।
आजको वक्तव्यमा भनिएको छ– आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी – गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन् ।
ओलिले माधव नेपाल पक्षले गरेका सबै गतिविधिहरु सरकार ढलाउन चालेका चालहरु हुन र यस्ता गतिविधि गर्नेलाई कहिल्यै माफी नदिमे समेत बताएका छन । साथै सबैलाई पार्टीलाई मजबुत बनाउन समेत आग्रह गरेका छन ।