Fursad Times आइतबार, चैत्र २७, २०७८

भक्तपुर। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको भन्दै गम्भिर आरोप लगाएका छन ।

बागलुङमा आयोजित शनिबारको कार्यक्रमलाई ओलीले सम्बोधन गर्दै प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताएका हुन् । साथै ओलिले यस्तै गर्दै गएको खण्डमा प्रचण्ड र नेपाल आफू त सकिन्छन सकिन्छन त्यसका साथ साथै कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्ने बताए । उक्त कार्यक्रममा बोल्दै ओलिले एमालेकै कारण अहिले सम्म कम्युनिस्ट आन्दोलनको रक्षा भएको समेत बताएका छन । वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको ओलीले बताए ।

कार्यक्रममा बोल्दै ओलिले देउवा नेतृत्वको सरकारले नौ महिनामा देशलाई कंगाल बनाएको आरोप समेत लगाए । उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सही सुझाव दिँदा गभर्नरको निलम्बन गर्नु दुखद भएको बताएका छन् । सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको ओलीको आरोप छ ।

भिडियो