भक्तपुर भदौको ६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मीठो जोवन’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतको अडियोमा रचना रिमाल र सविन सुवेदीको स्वर, दीपक शर्माको शब्द तथा संगीत छ । गीतमा फिल्मका मुख्य कलाकारहरू केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ र नायिका वर्षा सिवाकोटीको नृत्य देख्न सकिन्छ । ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा आरम्भ प्रोडक्सनको लगानी छ । मुनाल घिमिरेको प्रस्तुतिमा तयार भएको फिल्ममा मधुसूदन शर्माको लगानी, सामिप्यराज तिमिल्सिनाको लेखन, नरेन्द्र मैनालीको छाँयाकन, मित्र डी गुरुङको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ । यो फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शरदा गिरी, राधिका कँडेल, मिस पबी लगायतका कलाकारहरूको अभिनय छ । फिल्ममा दीपक शर्मा र बाबुल गिरीको संगीत, कविराज गहतराज र गम्भीर विष्टको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ । आरआर फिल्मस्ले यो फिल्मको वितरण गर्दैछ ।