बाढीपीडितका लागि प्रियंकाको पहलमा ठूलो मात्रा उठ्यो जिन्सी सहयोग

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवादेखि धादिङ−नुवाकोटसम्म ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण सयौ नेपालीले ज्यान गुमाएका छन भने हजारौँ नेपाली घरबारविहीन भएको अवस्थामा विभिन्न कलाकारहरूले आर्थिकदेखि आवश्यक विभिन्न सामग्री सहयोग गरिरहेका छन् । यस्तै सहयोग गर्नका लागि अभिनेत्री प्रियंका कार्कीले पनि आफ्नो पहलमा ठूलो मात्रामा जिन्सी सहयोग जुटाएकी छन् […]

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदीभाइको मर्मस्पर्शी कथा प्रस्तुत

भदौ १२ गते अर्थात रक्षा बन्धनको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शन हुन केबल एक हप्ता मात्र बाँकी हुँदा निर्माण पक्षले ट्रेलर दर्शकमाझ ल्याएको हो । बिहीबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ४ मिनेट लामो ट्रेलरले दिदीभाइको मर्मस्पर्शी कथा पेस गरेको छ । नीताले अटिजम ९स्नायु विकाससम्बन्धी […]

पत्रकार किशोर श्रेष्ठ ललितपुरबाट पक्राउ

पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। उनलाई ललितपुरको नख्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले बताए। उनलाई घरतर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । केही दिन अगाडी श्रेष्ठको अनलाईन मिडिया जन आस्थामा ‘एक सांसदको महिलासँगको तस्बिर सामाजिक सञ्जालमा हालेको विषयमा उजुरी परेपछी उनलाई पक्राउ गरिएको हो।’

नेपालीपन बोकेको प्रेमकथा हो ‘लज्जावती’ : मुकुन भुसाल

मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा अभिनेता मुकुन भुसालले ‘लज्जावती’ नेपाली समाजकै प्रेमकथामा फिल्म आधारित भएकाले दर्शकलाई आफ्नो जीवनसँग मेल खाएको महसुस हुन सक्ने बताए । उनले यो आफ्नो पहिलो लभस्टोरी फिल्म भएको समेत दाबी गरे ।  उअनले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ‘यो मेरो पहिलो लभस्टोरी फिल्म हो । यसअघि मैले फरक कथामा बनेका फिल्ममा अभिनय […]

‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउतको प्रवेश, हरिवंशको श्रीमतीको भूमिकामा देखिदै

कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनकथामा बन्न लागेको फिल्म ‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउतको प्रवेश भएको छ । यस अघि नै नायक महेश त्रीपाटी र अरुण क्षेत्री फाइनल भै सकेका छन ।निर्माण टिमले उनलाई कलाकार हरिवंश आचार्यकी श्रीमती रमिला पाठकको भूमिकामा अनुबन्धित गरिएको हो । फिल्ममा मदन कृष्णको भूमिका महेश त्रीपाटीले गर्दै छन भने हरिवंशको […]

२५ बर्ष पछि “गुराँस फुल्दा”ले पायो पुनर्जन्म, मास्टर्नी फिल्ममा समावेश

२५ बर्ष अघि २०५८ सालमा निर्माण भएको फिल्म ‘सुपरस्टार’मा समावेश गरिएको भारतीय गायिका साधना सरगमको स्वर रहेको निक्कै नै चर्चित गीत, ‘गुराँस फुल्दा’ २५ बर्ष पछि फेरि चलचित्रमा समावेश गरिएको छ । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको फिल्म ‘मास्टर्नी’मा गीतलाई ‘रि-क्रिएट’ गरेर समावेश गरिएको छ । संगीतकार वसन्त सापकोटाले ‘रि-क्रिएट’ गरेको गीतमा मेलिना राईले स्वर […]

मास्टर सेफ सन्तोष साह पक्राउ

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयले सेफ सन्तोष साहलाई धनुषाकाे रामानन्द चोकबाटबाट पक्राउ गरेको हो ।  हिजो राति साह र उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए । शकुन्तला अधिकारी (थापा)को जाहेरीका आधारमा उनलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनलाई […]

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै, छुटलान त दुबै?

काठमाडौं गत भदौ २३ र २४ गते भएको जेन(जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आज फैसला हुने भएको छ। यसअघि पक्राउ गरेको कारण सरकारसँग मागेको थियो भने सरकारको पक्षबाट अदालतले शुक्रबार नै सो जवाफ प्राप्त गरिसकेकोले बन्दी प्रत्यक्षीकरणको मुद्दामा आजै फैसला […]

बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल ‘बले’

भक्तपुर हास्य कलाकार सागर लम्साल (बले) लाई हाल छायाँकन भै रहेको ‘पाँच पाण्डव’ फिल्मबाट निकालिएको छ । शुक्रबार विष्ट थरकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेपछि निर्माण पक्षले उनलाई फिल्मबाट निकालेका हुन् । निर्माता कम्पनी कालीरानी फिल्म्सले एक विज्ञप्ति जारी गर्दै अब अर्को कलाकार लिएर पुनः छायांकन (रि-सुट) गरिने जनाएको छ […]

काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। रिजाललाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। गत भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। सोहि प्रतिवेदनको आधारमा उनलाई आज […]