अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण बिभागबाटै हुने

भक्तपुर। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने जानकारी दिएका छन्। पूर्ववर्ती सरकारले स्थानीय प्रशासन कार्यालयबाट अनलाइनको दर्ता र नवीकरण गराउने निर्णय गरेको भएता पनि नयाँ सरकार बनेसंगै अब नलाइन सञ्चारमाध्यमको दर्ता […]

ओली, लेखकसहित दलका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारीमा सरकार

काठमाडौं । नया बनेको अन्तरिम सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी ९पासपोर्ट० रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलका […]

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने र प्रतिनिधिसभा विघटन गर्ने सहमति

भक्तपुर — लामो समयको रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ८स्४५ मा कार्कीलाई शपथ खुवाउने तयारी छ । वार्तामा जेन(जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।

जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

    भक्तपुर – नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ। ज्यान गुमाउनुहो ५१ मध्ये तीन जना प्रहरी छन् । त्यसबाहेक २१ जना प्रदर्शनकारी, १८ जना अन्य, ९ जना कैदीबन्दी छन्। घाइतेहरू चार सयभन्दा बढी छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

भक्तपुर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ। यो सँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरू रद्द भएका छन्। त्यहाँ अहिले सेना समेत खटिएको छ।

प्रधानमन्त्री ओलीको बालकोटस्थित घरमा आगजनी

भक्तपुर — प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा प्रदर्शनकारीद्धारा आगजनी गरिएको छ । ओलीको निवासमा आगजनी गर्नका लागि प्रदर्शनकारी मंगलबार बिहानैदेखि बालकोट पुगेका थिए । प्रहरीले रोक्दा पनि प्रदर्शनकारी फर्किएका थिएनन् । उनीहरूले ओलीको घरमा आगजनी गरेका हुन् । बालकोटमा ओलीका दुईवटा घर थिए । ती घरमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका हुन् । जेनजी […]

युवापुस्तालाई गोली हान्न आदेश दिनेलाई कारबाही गर

भक्तपुर — हिजो सोमबार माइतीघर मण्डलमा देखिएको दृश्य सामान्य प्रदर्शन मात्र थिएन, यो राष्ट्रको भविष्यले भ्रष्टहरुलाई दिएको एउटा चेतावनी पनि थिए। हातमा प्लेकार्ड बोकेका, अनुहारमा असन्तोष र साहस प्रकट गरेका युवायुवतीले भ्रष्टाचारको अन्त्य र राजनीतिक परिवारको सम्पत्तिमा पारदर्शिता कायम गर्नुपर्ने, साथै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएर डिजिटल स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने मागलाई जोड्दै आफ्नो वुलन्द आवाज उठाएका […]

गृहमन्त्री लेखकले दिए राजिनामा

भक्तपुर —गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा दिएका हुन्। सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा […]

गृहमन्त्री रमेश लेखकले राजीनामा दिने

भक्तपुर । गृहमन्त्री लेखकले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीले सोमबारको आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिने जानकारी गराएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार जेन(जी प्रदर्शनमा १९ जनाको मृुत्यु भएको छ भने ३४७ जना घाइते छन्। विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ

जेन-जी प्रदर्शन : १९ को मृत्यु, २५६ घाइते

भक्तपुर । काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ। सासंदभवम अगाडी भएको आन्दोलनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए। उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन्। उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुई सय ५६ जना घाइते र २२ जना गम्भीर […]