
असोज ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा २’को दसैं गीत ‘क्या दामी देखियो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा परदेशीको प्रसंगदेखि दसैंमा लगाइने टीका−जनरासम्मका विषय समेटिएका छन् । खरचना रिमाल, रवि ओड, बाबुल गिरी र जुनु रिजालको स्वर रहेको गीतमा शब्द तथा संगीत बाबुल स्वयंको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू पल […]
फिल्म ‘छ माया छपक्कै २’ को बुधबार ‘मायामा एक्सपायरी डेट हुँदैन’ गीत सार्वजनिक गरिएकोछ । गीत सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको कथासारबारे जानकारी दिएका छन । गीतको भिडियोमा दीपकराज र केकी अधिकारीलाई श्रीमान्−श्रीमतीको रूपमा प्रस्तुत गरिएको छ । भिडियोको बीचमा भने दीपक र सनिशा भट्टराईबीचको प्रेमलाई देखाइएको छ । केकी र सनिशा एकसाथ गर्भवती भएको […]
असोज ३० गतेबाट प्रदर्शनमा आउल लागेको अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ बुधबार तेस्रो गीत ‘रेशमी रुमाल’ सार्वजनिक गरिएको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वर रहेको गीतमा डिपी खनालको शब्द तथा देवेन्द्र बरालको संगीत छ । संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । गीतको भिडियोमा फिल्मका मुख्य जोडी विराज भट्ट […]
असोज २३ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को रचना रिमालको स्वरमा वियोगान्त भावको गीत ‘भाग्यले हो कि’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुरेन्द्र रानाको शब्द छ भने कर्णराज गिरीले संगीत दिएका छन । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्काको वैवाहिक जीवनमा आएको उतारचढावलाई देखाइएको छ । […]
कात्तिक ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को पहिलो गीत ‘थाक खोला’ सार्वजनिक गरिएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको गीतमा उनी स्वयंले स्वर दिएका छन् । गीतको मिक्सिङ, मास्टरिङ तथा संगीत संयोजन रिकेश गुरुङ किजले गरेका हुन् । गीतको भिडियोमा फिल्मका मुख्य पात्र काजी (दयाहाङ राई)को […]
निर्देशक लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘सिन्दूर’को मुहूर्तसँगै छायांकन समेत सुरु गरिएको छ । एक महिनाको तालिकामा दाङ क्षेत्रमा फिल्मको छायांकन हुने जनाइएको छ । कस्तुरी प्रोडक्सन र क्लासिक सिने यूनिभभर्सको सहकार्यमा निर्माण हुने फिल्ममा पुष्प खड्का र प्रशंसा रायमाझीको मुख्य भूमिका रहनेछ । ‘चिरञ्जीवी भवः’बाट फिल्ममा डेब्यू गरेकी मोडल तथा इन्फ्लुएन्सर […]
असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘१२ गाउँ २’को दोस्रो गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ । युग भुसालको शब्द तथा संगीत रहेको गीतमा शिव परियार र भारतीय गायिका सरोदी कुमार ९बोरा०को स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा समीर भट्ट र कृशु शाही रोमान्टिक अवतारमा देखिएका छन् । महेश […]
नेपालमा फिल्म नगरिमा यदि कुनै अभिनेता जुँगाका कारण परिचित छन् भने ती अभिनेता हुन भुवन केसी हुन् । जुँगा बिना सम्भवतः भुवनले कुनै पनि फिल्म खेलेका छैनन् । उनकै जुँगाको स्टाइललाई पछयाउँदै छोरा अनमोल केसी फिल्म ‘बाटुलो जून’मा देखिने भएका छन् । शुक्रबार सार्वजनिक टिजरमा उनको जुँगासहितको लुक देखाइएको छ । झन्डै दुई मिनेट लामो […]
प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘प्रतिवैरम्’को नयाँ गीत ‘माहोल गरम’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा थप चुलिएको छ। गीतमा अभिनेत्री प्रियंका कार्कीलाई आकर्षक अवतारमा प्रस्तुत गरिएको छ। ‘बसन्ती’ पात्रको भूमिकामा देखिएकी प्रियंकाको नृत्य, गीतको प्रस्तुति र एक्सन झल्कने दृश्यले भिडियोमा फरक स्वाद थपेको छ। रोशन दासको शब्द तथा निर्देशनमा तयार भएको गीतको नेपाली संस्करणमा हृतिका श्रेष्ठको […]