

निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको फिल्म ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक गरिएको छ । मंसिर १८ गतेबाट प्रदर्शन हुने फिल्मको टिजरले कथावस्तुबारे संक्षिप्त जानकारी दिएको छ । कटुवालले गाउँलेलाई सूचना सुनाएको दृश्यसँगै सुरु भएको टिजरमा विजय बराल र अञ्जना बराइली बिहेको रात प्रेमिल कुरा गरिरहेका देखिन्छन् । त्यस्तै अर्को दृश्यमा अञ्जना विनोद न्यौपानेको पछिपछि हिँडिरहेकी देखिन्छिन् । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विजय, अञ्जना र विनोदसहित उषा खड्गी, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, रजनी गुरुङ, देशभक्त खनाल, अनिता गिरी, विनोद परियार, यूना खड्कालगायतका कलाकारको पनि अभिनय छ । फिल्मलाई नेम महर्जनले निर्माण गरेका हुन् । निर्देशक पौडेल स्वयंको कथा तथा सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा पदमबहादुर श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, प्रशान्त सिवाकोटीको संगीत, स्मृति तिमिल्सिना ९गुरुआमा०को कोरियोग्राफी तथा सुप्रिम पराजुलीको रंग संयोजन छ । फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने राकेश खड्का र श्याम मगर सह(निर्माताका रूपमा छन् ।