

गोविन्द सिंह भण्डारीको निर्देशनमा रहने फिल्म ‘मोहनी’को मंगलबार चितवनबाट फिल्मको छायांकन थालिएको छ । ६० दिनको सेड्युलमा चितवनसहित मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंमा छायांकन हुने जनाइएको छ ।एक्सन–लभस्टोरी विधामा निर्माण हुने फिल्ममा आशीर्वाद क्षेत्री र अभिनेत्री सनिशा भट्टराईको जोडि बाँधिनेछ । उनीहरूको यो पहिलो सहकार्य हो । फिल्ममा सरोज खनाल, निमा पाण्डे, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी, विजय ब्लोन तामाङ, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, उत्पल झालगायतका कलाकारको पनि अभिनय रहनेछ । मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा विजय ब्लोन तामाङ निर्माताका रूपमा छन् । विजय स्वयंको कथा रहेको फिल्ममा पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा महेश पौडेलको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन रहनेछ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकमा छन् ।