नबिन पन्त शुक्रबार, कार्तिक २८, २०८३

मंसिर ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म सारथीको दोस्रो पोस्टर सार्वजनिक भएको छ । ‘सारथी’ टिमले हिमाली भेगको प्राकृतिक सौन्दर्यसँगै त्यहाँको जनजीवन, संघर्ष र पात्रहरूको झलक प्रस्तुत गर्दै दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । ‘द हिडन भिलेज गुर्जा’ उपशीर्षक दिइएको पोस्टरमा म्याग्दीको गुर्जा गाउँको परिवेशलाई पर्दामा उतारेको देखिन्छ । गुर्जा गाउँकै पृष्ठभूमिमा निर्माण भएको सिनेमा ग्रामीण जीवन र स्थानीय परिवेशलाई महत्त्व दिइएको पोस्टरबाट बुझ्न सकिन्छ ।
सिनेमामा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्की लगायत कलाकारले अभिनय गरेका छन् ।
कुमार गजुरेलको निर्देशनमा बनेको सिनेमा आगामी मंसिर ११ गते प्रदर्शन हुनेछ । सिनेमाको कथा, पटकथा तथा संवाद पनि निर्देशक गजुरेलले नै तयार पारेका हुन् ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् ।
रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । सिनेमामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह९निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् ।
संकल्प भुजेलको छायांकन रहेको सिनेमा तारा थापा ‘किम्भे’को सम्पादन, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकनमा बनेको छ । बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ ।