
भक्तपुर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले पार्टी निर्माणमा सक्रिय हुन सम्पूर्ण कार्यकर्ताहरुलाई आह्वान गरेकी छिन्। पत्रकार सम्मेलनमा उनले जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सम्पूर्ण एमाले पंक्ति एकजुट हुन आग्रह गरिन्। उनले भनिन्,‘ जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक […]
भक्तपुर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको सम्बन्धमा धेरै पहिले दरार आएकोे भएता पनि हालको अवस्थामा यो विवाद सतहभन्दा गहिरो तहमा पुगेको प्रष्ट देख्न सकिन्छ। केन्द्रीय कमिटी बैठकमै अध्यक्ष ओलीले “विद्या भण्डारीको प्रवक्ता बन्नेलाई कारबाही गर्ने” कडा चेतावनी दिए पछि पार्टीभित्र भण्डारीको विषयमा खुलेर बोल्न कोही पनि तयार देखिएका […]
भक्तपुर प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। सिरहा जिल्लाको ११ औँ अधिवेशनको उद्घाटनसत्रलाई सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएको र देश जोगाउने पार्टी एमाले […]
भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछानेलाई गैरकानुनी ढंगबाट पक्राउ गरिएको भन्दै त्यसको भर्त्सना गरेको छ। शुक्रबार भर्चुअल माध्यमबाट बसेको रास्वपा केन्द्रीय सचिवालयको बैठकले सभापतिलाई पक्राउ गर्दा प्रहरीले गरेको कार्यको भर्त्सना गर्ने निर्णय गरेको हो। रास्वपाले प्रहरी पक्राउ पुर्जी नै नलिइ सभापतिको घरमा पुगेको र सभातिकै बेडरूमभित्र बसेर पुर्जी लेखेको बताएको छ। […]
भक्तपुर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित ११ जनालाई राज्य विरूद्धको कसुरमा म्याद थप गरिने भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले मिश्र र राणासहित ११ जनालाई राज्यविरूद्धको कसुर तथा संगठित अपराधमा अनुसन्धान गर्न लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। अनुसन्धानका लागि सरकारी वकिल […]
भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिँदैछ। लामिछानेको तर्फबाट थुनछेक बहस सकिएपनि जाहेरीवालाको तर्फबाट भइरहेको थुनछेक बहस नसकिएपछि उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको र बहस नसकिएको भन्दै आइतबार र सोमबार उनलाई हिरासतमा राख्न आदेश दिएका हुन्। […]
भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पुनः काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि लामिछानेलाई आइतबार प्रहरी हिरासतमा राखिएको थियो। अधिकारीको इजलासमा भएको उनको बयान सकिएता पनि थुनछेक बहस सुरू नभएपछि सोमबार अदालतमा उपस्थित गराउने सर्तमा […]
भक्तपुर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। उनले शनिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने लगायत अन्य समसामयिक राजनीतिक परिस्थतिबारे बैठकमा छलफल हुने बताइएको छ। हिजो […]
भक्तपुर। राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्डलाई अर्को सरकार गठन नहुन्जेल मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न कार्यभार तोकेका छन्। राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको पत्र प्राप्त भएकोको जानकारी दिदै संविधान अनुसार अर्को सरकार गठन नहुन्जेल काम गरिरहन राष्ट्रपतिले कार्यभार तोकेका हुन्।