भक्तपुर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले शनिबार काठमाडौंको सितापाइलामा आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा सरकारमा रहेका दुई ठूला दलहरूमा चारिक र राजनीतिक संकट देखिएको बताएका छन्। उनले भने कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र पछिल्लो पटक गिरिजाप्रसाद कोइराला जस्ता नेताहरुले खेलेको भूमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको देखिन्छ।एमालेभित्र पछिल्लो समय त्यो संकट अझै ठूलो रुपमा फैलिदै गएको समेत उनले बताए। मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज) को आधारमा टिकाएको र अघि बढेको पार्टीमा अहिले जबजको उत्तराधिकारी नै को हो भन्ने संकट देखिएको उनले बताए।
आजको दिन जबजको उत्तराधिकारी को हो भन्ने क्राइसिस भयो । जबजको प्रवर्तक नै को हो, प्रस्तावक को हो भन्नेमा विवाद त्यो पार्टीमा सुरु भएको छ । यो ठूलो संकट हो; अध्यक्ष प्रचण्डले भने। जन नेता मदन भण्डारीको चारवटा श्रीमती रहेको र सहकारी ठगीको आरोप थियो भनेर अध्यक्ष ओलीले नै भनिदिएपछि त्यो संकट सुरू भएको अध्यक्ष प्रचण्डले बताए। मदन भण्डारीसँग सम्बन्धित एउटा कार्यक्रममा प्रधानमन्त्रीले मदन भण्डारीका ४ वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भन्ने कुराबाट शुरु भएको प्रक्रिया अहिले पक्कै पनि पूर्वराष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले अघि आउनुभएको छ। यो संकट गहिरिने देखिएको छ । उक्त कार्यक्रममा बोल्ने क्रममा प्रचण्डले यतिबेला वैचारिक राजनीतिक संकट नभएको पार्टी माओवादी केन्द्र मात्रै रहेको पनि दाबी गरे। एकाध मान्छेका असन्तुष्टि, कुण्ठा वा दलालहरुको प्रोभोकेसनमा गएर हाम्रो पार्टीमा कुनै वैचारिक राजनीति संकट र तृत्वको संकट पनि नरहेको बताए। साथै उनले ठूला भनिएका दलहरूमा देखिएको संकट माओवादी केन्द्रका लागि अवसर हुने बताए। यो हाम्रा लागि अवसरजस्तो बनेर पनि आउँदैछ। यसलाई राम्ररी ह्यान्डल गर्न सकियो भने देशको राजनीतिमा फेरि एकपटक राम्रैसँग नेतृत्व लिनसक्ने वातावरण बन्दैछ उनले भने।