प्रधानमन्त्री ओलीको बालकोटस्थित घरमा आगजनी

भक्तपुर — प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा प्रदर्शनकारीद्धारा आगजनी गरिएको छ । ओलीको निवासमा आगजनी गर्नका लागि प्रदर्शनकारी मंगलबार बिहानैदेखि बालकोट पुगेका थिए । प्रहरीले रोक्दा पनि प्रदर्शनकारी फर्किएका थिएनन् । उनीहरूले ओलीको घरमा आगजनी गरेका हुन् । बालकोटमा ओलीका दुईवटा घर थिए । ती घरमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका हुन् । जेनजी […]

युवापुस्तालाई गोली हान्न आदेश दिनेलाई कारबाही गर

भक्तपुर — हिजो सोमबार माइतीघर मण्डलमा देखिएको दृश्य सामान्य प्रदर्शन मात्र थिएन, यो राष्ट्रको भविष्यले भ्रष्टहरुलाई दिएको एउटा चेतावनी पनि थिए। हातमा प्लेकार्ड बोकेका, अनुहारमा असन्तोष र साहस प्रकट गरेका युवायुवतीले भ्रष्टाचारको अन्त्य र राजनीतिक परिवारको सम्पत्तिमा पारदर्शिता कायम गर्नुपर्ने, साथै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएर डिजिटल स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने मागलाई जोड्दै आफ्नो वुलन्द आवाज उठाएका […]

गृहमन्त्री लेखकले दिए राजिनामा

भक्तपुर —गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा दिएका हुन्। सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा […]

गृहमन्त्री रमेश लेखकले राजीनामा दिने

भक्तपुर । गृहमन्त्री लेखकले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीले सोमबारको आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिने जानकारी गराएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार जेन(जी प्रदर्शनमा १९ जनाको मृुत्यु भएको छ भने ३४७ जना घाइते छन्। विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ

जेन-जी प्रदर्शन : १९ को मृत्यु, २५६ घाइते

भक्तपुर । काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ। सासंदभवम अगाडी भएको आन्दोलनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए। उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन्। उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुई सय ५६ जना घाइते र २२ जना गम्भीर […]

जेन-जी प्रदर्शनामा मृतककोसंख्या १८ पुग्यो

भक्तपुर – काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा थप एक जना घाइतेको मृत्यु हुँदा मृत्यु हुनेको संख्या १८ पúेको छ । सोमबार दिउँसो भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको केएमसी अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले जानकारी दिए। उनका अनुसार तीन जना गम्भीर घाइते भएका थिए। त्यसमध्ये दुई जनाको मृत्यु भएको छ भने […]

जेन-जी प्रदर्शन : १४ को मृत्यु, २ सयभन्दा बढी घाइते

भक्तपुर —जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । अहिले सम्म ट्रमा सेन्टरमा ७, एभरेस्टमा ३, सिभिल अस्पतालमा २, त्रिवि शिक्षणमा १ र केएमसीमा १ जनाको मृत्यु भएको हो । त्यस्तै उपत्यकाका विभिन्न अस्पतालमा २ सयभन्दा बढीको उपचार भइरहेको छ । सिभिल अस्पतालमा १००, ट्रमामा ५०, एभरेस्टमा २०, केएमसीमा ३५, वीरमा ७ […]

मृत्युु हुनेको संख्या १३ पुग्यो

काठमाडौँ —जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ । बानेश्वर केन्द्रित भै रहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । गोलि लागेर घाइते भएकाहरुलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जना, एभरेष्ट अस्पतालमा ३ जना र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा १ र टिचिङ अस्पतालमा १ गरेर १३ जनाको मृत्युु […]

ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

भक्तपुर – जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । बानेश्वर केन्द्रित भै रहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । गोलि लागेर घाइते भएकाहरुलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले […]

आज निजामती सेवा दिवस: देशभर विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै

भक्तपुर । निजामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन्। २२ भदौ २०१२ नेपालमा पहिलो पटक मा निजामती सेवासम्बन्धी ऐन जारी भएको दिनलाई अवसर पारेर २०६१ सालपछि हरेक वर्ष नेपालमा निजामती सेवा दिनव मनाउन थालिएको हो। निजामती कर्मचारीहरूले आज सिंहदरबारस्थिति संसद भवनअघिबाट प्रभात फेरी निकाल्दै छन्। प्रभातफेरी भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा […]