नबिन पन्त मंगलबार, चैत्र १७, २०८२

काठमाडौं। काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। रिजाललाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। गत भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। सोहि प्रतिवेदनको आधारमा उनलाई आज बिहान नियन्त्रणमा लिइएको छ । गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले उनलाई मुलुकी अपराध संहिताअनुसार ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो। भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए। जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो सोहि घटनालाई लिएर कार्की आयोगले तयार पारेको प्रतिवेदनाकने आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्