नबिन पन्त शुक्रबार, भाद्र २७, २०८२

भक्तपुर — लामो समयको रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ८स्४५ मा कार्कीलाई शपथ खुवाउने तयारी छ । वार्तामा जेन(जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।