भक्तपुर – कर्मविर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा ममता रायमाझीको प्रस्तुति डा ओमकृष्ण प्रसाईं , मोहन गमाल, मनोज अधिकारीको निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको सुस्केरा मुभिको छायांकन सक्किएर पोस्ट प्रोडक्सनको काम सुरु भएको छ । एउटा सडक बालक जो आफुमै आत्मनिर्भर छैन तर उ अरुको लागि बाच्न चाहान्छ । यहि शेरोफेरो बुनिएको सुस्केराले समाजको यथार्थ चित्रण बोल्छ । बालकलाकार हरु शुभम अधिकारी , हार्दिक पौडेल , नायरा प्रसाईं को अभिनय रहेको छ भने साथमा शर्मिला शर्मा , दिनेश कोइराला , डा ओमकृष्ण प्रसाईं , उषा किरण अधिकारी र अन्य बालकलाकार मनिषा श्रेष्ठ , सन्जित श्रेष्ठ , कल्पना भुजेल, उमेश मगर लगाएतको अभिनय रहेको छ , कुमार मानन्धरको छायांकन , मदन न्यौपानेको शृङार, सुरेश पाण्डेको नृत्य निर्देशन रहेको चलचित्रको डिजिटल पार्ट्नर ओएस आर डिजिटल रहेको छ । यहि मङ्सिरको छेको पारेर चलचित्रको प्रदर्शन गर्ने तयारी रहेको छ । पुर्बान्चल मिडिया कोर्डिनेटरमा ननोज दाहाल र उपत्यका मिडिया कोर्डिनेटरमा प्रमोद डिजि रहेकाछन । चलचित्र लाइ आर आर फिल्मसले बितरण गर्नेछ । सुस्केरा चलचित्र सत्य घटनामा रहेको जानकारी लेखक/ निर्देशक शंकर अधिकारी घायलले दिएकाछन यस चलचित्रमा गीत डा. ओमकृष्ण प्रसाईं , शंकर अधिकारी घायल संगीत घायल कृष्ण स्वर: नित्याशिवा र कृष्ण भट्टराईको रहनेछ