भक्तपुर – नेपाली चलचित्रका सफल नायक प्रज्वाल गिरि र सोनिया गिरीले अभिनय गरेको म्युजिकल फिल्म परदेश २ को ‘तिमी बिना मर्छु’ बोलको गित ट्रेनिङ्गको शिर्ष स्थामा पर्न सफल भएको छ । निर्देशक दिल कृष्ण श्रेष्ठको निर्देशनमा बनेको उक्त म्युजिकल फिल्म परदेशको गीत अमेरीका, नेपाल, मलेसिया लगायतका आधा दर्जन भन्दा बढि देशहरुमा ट्रनिङ्गको पहिलो स्थानमा पर्न सफल भएको हो । अमेरीकाको रमणिीय स्थानहरुमा छाँयाकन गरिएको रोमान्टिक गीतलाई एक दिनको अबधिमा झण्डै ४ लाख भन्दा बढि दर्शकहरुले हेरि सकेका छन । गीतमा सर्मीला समालको शब्द,तारा प्रकाश लिम्बुको संगीत तथा सुरेश लामा र अनु चौधरीको स्वर रहेको छ । हाल अमेरिका रहेका गिरिले छ दर्जन भन्दा बढी चलचित्र अभिनय गरेका छन । दिल कृष्ण श्रेष्ठको कथा तथा निर्देशनमा बनेको म्युजिकल चलचित्रमा सोनिया गिरि र दिल कृष्ण श्रेठको लगानी रहेको छ । सम्पुर्ण छायांकन अमेरिका नै गरिएको चलचित्रमा विश्वराज गिरि, निमा लामा, राजेन्द्र बोहोरा र यादव सिलवालको समेत लगानी रहने छ । चलचित्रमा पवन गौतमको छांयाकन, सन्देश शाहको सम्पादन, तारा प्रकाश लिम्बु संगीत, कृष्ण कोइरालाको निर्माण नियन्त्रण रहने छ । जन्म दिनको अवसरमा घोषणा गरेको चलचित्र मा नायक प्रज्वल गिरीको साथमा सोनिया गिरी, राजेन्द्र बोहोरा, सुरेन्द्र सजेल, निमा लामा र आरोही गिरिको अभिनय देख्न सकिने छ भन यो म्युजिकल चलचित्र दशै मा प्रदर्श गर्ने निर्माण टिमले जानकारी दिए ।