Fursad Times शनिबार, माघ २५, २०८२

काठमाडौं – ‘राते काँइला’ नामले परिचित वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ। थापाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। थापाको उपचारकै क्रममा निधन भएको निकट श्रोतले पुष्टी गरेको छ।
लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय रहेका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगतलाई स्तब्ध बनाएको छ। उनलाई नेपाली चलचित्रको एउटा बलियो ‘धरोहर’ का रूपमा लिइने गरिन्थ्यो।
नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले चर्चित थिए।
परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्ने भएता पनि थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।