Fursad Times मंगलबार, भाद्र ०२, २०८३

असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक १ मिनेट लामो टिजरले फिल्मको मूल कथालाई प्रस्ट पारेको छ । अभिनेता जितु नेपाल (मुन्द्रे) लाई केन्द्रमा राखिएर सार्वजनिक गरिएको टिजरमा एउटा भरिया पात्रले जीवनमा गर्नु पर्ने हरेक संघर्ष र उसलाई समाजले गर्ने व्यवहार कस्तो हुन्छ भनेर देखाइएको छ । अविवाहित उनलाई गाउँका एक व्यक्तिले बिहे गरेर देखाउन चुनौती दिएपछि जितुले एक साताभित्रै बिहे गर्ने घोषणा गर्छन् । त्यसपछि उनको जीवनमा आउने विभिन्न उतारचढावलाई टिजरमा देखाइएको छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको यस फिल्ममा जितुसहित प्रियना आचार्य, शुशील पोखरेल,दिप्सन लिम्बू, कमल देवकोटा, मेनुका आचार्य, विरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, , गणेश राजभण्डारीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताको रूपमा छन् । अनन्त राई कार्यकारी निर्माता रहेको फिल्ममा डम्बर राईको कथा, सविन अधिकारी र शंकर धितालको पटकथा तथा संवाद, डम्बर राईको छायांकन, सन्देश शाहको सम्पादन, किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बू र संकेत अगस्तीको संगीत तथा कमल राईको नृत्य निर्देशन छ । फिल्मका मुख्य सहायक निर्देशक रोजल थापा हुन् ।