
असोज २ गतेबाट प्रदर्शनमा आउँन लागेको फिल्म ‘झिंगेदाउ २’ को तीजलाई लक्षित गर्दै शनिबार काठमाडौंमा एक गीतको छायांकन गगरिएको अ । आगामी भदौ १० गते सार्वजनिक गर्ने तयारी गरिएको गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री केकी अधिकारी र आँचल शर्माले नृत्य प्रस्तुत गरेका छन् । जेठानी–देउरानीको झगडालाई पनि समेटिएको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी र आँचलसहित महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम,सरोज खनाल, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, , संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मले अघिल्लो फिल्म जस्तै यसमा पनि घरायसी झगडालाई केन्द्रमा राखेर सम्बन्धको कथा पेस गरेको छ । सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानीमा बनेको फिल्ममा विष्णु घिमिरे (कल्पित) को छायांकन, मित्र डी। गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।