नबिन पन्त आइतबार, भाद्र २१, २०८३

भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को झन्डै चार मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको छ । प्रेममा आउने विभिन्न उतारचढावलाई प्रस्तुत गरिएको ट्रेलरमा हाँसो, रोदन र एक्सनको मिश्रण पाइन्छ । पारस बम ठकुरी ९कुल ब्वाय० र दिव्या रायमाझीलाई केन्द्रमा राखिएको सार्वजनिक ट्रेलरक ट्रेलरमा देख्न सकिन्छ । साथै यस फिल्ममा जोगीको भेषमा हुने सुन तस्करीको कथा पनि समावेश रहेको ट्रेलरले संकेत गर्छ । सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको यस फिल्ममा पारस र दिव्यासहित, विशाल पहारी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । सुशान्त कार्कीले यही फिल्मबाट करिब ८ वर्षपछि कमब्याक गरेका हुन् । द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा संगीतकार अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता, शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह(निर्मातामा रहेका छन्‌ । फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन विकास दाहाल र बनिष शाहको छ ।