भक्तपुर क्षेत्र नं २ मा कांग्रेस अग्रता, महेश बस्नेत छ सय मतान्तरले पछि

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो। गठबन्धन तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ६०० मतान्तरले अग्रता लिएका छन्। मध्यपुरथिमि नगरपालिका-३ […]

प्रत्यक्ष तर्फ एमाले एक्लैले १०० सिट जित्छ – एमाले अध्यक्ष ओलि

भक्तपुर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ नै एमालेले एक सय सिट जित्ने र समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने दाबी गरेका हुन्। शुक्रबार गृहजिल्ला झापा पुगेका ओलीले दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा भने , ‘प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ […]

देउवाको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

भतपुर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति रहेको भन्दै उम्मेदवारी रद्ध गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । देउवाले डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका थिए । उनको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको फोटोसहितको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको भन्दै […]

प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (क)का गठबन्धनको साझा उम्मेदवार रत्न ढकाल

प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (क)का गठबन्धनको साझा उम्मेदवार रत्न ढकालले देशेका स्थायीत्व, समृद्धि र संविधानको रक्षाको लागि गठबन्धनलाई भोट दिन अनुरोध गरेको छ । उम्मदेवार मनोनयन दर्ता पछि कोणसभालाई सम्बोधन गर्दै वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहेका ढकालले उक्त कुरा बताएका हुन् ।            […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वार दुई विधेयक प्रमाणीकरण

भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम […]

बालेनको कामको किन बिरोध गर्दै छन महेश बस्नेत ?

भक्तपुर – केही दिनदेखी सार्वजनिक स्थल कब्जा गरी बनाइएका, नक्सा पास गर्दा अनुमति पाएको भन्दा फरक प्रयोजनमा प्रयोग गरिएका र अन्य मापदण्ड उल्लंघन गरिएका अवैध र मापदण्ड विपरित बनाइएका संरचनालाई कानुनको दायरामा ल्याउन उत्रिएका मेयर बालेनको अभियानलाई एमालेका नेता महेश बस्नेतले विरोध गरिरहेका छन् । उनले मेयर बालेनको उक्त कार्यप्रति आपत्ति जनाउदै सामाजिक संजाल र […]

सरकारको बिरोध राप्रपाको मसल जुलुस

भक्तपुर । गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी

भक्तपुर – निर्वाचन आयोगको आज बसेको बैठकले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । सो दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले आयोगमा दिएको दल दर्ताको निवेदनमा चुनाव चिन्ह घण्टी राख्ने प्रस्ताव गरेपनि सो प्रस्तावमा केही परिमार्जन भएर सो दलको चुनाव चिन्ह […]

नेकपा एसमा भाँडभैलो, मन्त्री पद छोडन अटेर गर्दै चार मन्त्री

भक्तपुर । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृत हुनुअघि नहट्ने’ अडान राखेपछि नयाँ मन्त्री आउने कार्य रोकिएको थियो । अहिले बजेट स्वीकृत भइसक्दासमेत […]