बजारमा दिन प्रत्तिदिन गीत सङ्गीत आउने क्रम जारी छ । यस्तै माहोलमा एउटा नयाँ स्वाद लिएर आएको मीठो पुर्बेली लोकगीत दर्शक श्रोतामाझ सार्बजनिक भएको छ । यस लोकगीत लाई कुशल स्पस्टबक्ता मोटिबेटर साथै गीतकार प्लस सङ्गीतकार चन्द्रहाङ्ग राई ज्युले अत्यन्तै ठेट पुर्बेली भाकामा आफ्नै जन्मभुमि आफ्नै जन्मथलो […]
भक्तपुर – नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर तिवारीले जानकारी दिएका छन । उनको स्वास्थ्यमा समस्या देखिएपछि जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको उनले बताए । काब्या अस्पतालका अनुसार सिरोहियालाई राति १० बजे […]
भक्तपुर। अहिले देशमा पश्चिमी र स्थानीय दुई प्रकारका वायुहरुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका केही पहाडी भू–भागहरुमा आंशिक देखि साधारणतया बदली रहदाँ बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ। विभागका अनुसार कोशी प्रदेशको केही स्थान र वागमती प्रदेशको पहाडी भूभागको केही भागमा हुरीबतास एवं चट्याङ, […]
भक्तपुर । कञ्चनपुरको पुनर्बास नगरपालिका १, ढक्कास्थित कालोपत्रे गरिएको पक्की सडकमा बिहीबार दिउँसो विस्फोटक पदार्थ पड्किएको छ। विस्फोटक पदार्थ पड्किएर पक्की सडकमा ठूलो खाल्डो परी धुवाको मुस्लो देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरे पछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो । बिहीबार साँझसम्म गरिएको अनुसन्धानका क्रममा सेनाले पुरानो बाल्टिनको तल्लो भाग […]
भक्तपुर। एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धका खेलमा नेपालका दिपेन्द सिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरेका छन्। ऐरीले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का प्रहार गर्दै किर्तिमानी ब्याटिङ्ग गरेका छन । अन्तराष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी पाचौँ खेलाडी बनेका छन् भने नेपालका लागि पहिलो हुन्।
भक्तपुर। बिगत लामो समय देखी माइतीघर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो।प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।
भक्तपुर जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ। ढडेलोमा परि घाइते भएका १० वर्षीय सुलस बुढाको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिएका छन । सोहि समयमा घाइते भएका बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी […]
भक्तपुर : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित गाउँ नजिकैको सुँ सामुदायिक वनमा लागेको आगलागीमा परेर एउटै घरका दाजुभाइसहित तीन बालहरु घाइते भएका हुन्। आगलागीमा परि घाइते हुनेमा १२ वर्षीय विवस बुढा, १३ वर्षीय समन्त बुढा र १० वर्षीय सुरज बुढा रहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। दिउँसो वनमा गुच्ची च्याउ टिप्न गएको बेला उनीहरू […]
भक्तपुर -(राप्रपा) राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनकारीहरुलाई उनले प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।
भक्तपुर स् संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको गाजा क्षेत्रमा युद्धविरामको माग गर्ने प्रस्तावमा शुक्रबार भएको मतदानमा भारतसहित १३ देशले भाग लिएनन् भने युद्धविराम हुनुपर्छ भन्दै २८ देशले पक्षमा मतदान गर्दा अमेरिका र जर्मनीसहित ६ देशले विपक्षमा मतदान गरे। परिषद्ले पाँचवटा प्रस्ताव पारित गरेको छ। यसमा गाजा पट्टीको घेराबन्दी हटाउन माग गर्ने प्रस्ताव पनि समावेश छ। संयुक्त […]