भक्तपुर । नाबालिक गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहले पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालत पोखरामा गरेको पुनरावेदनमा उनका कानुन व्यवसायीले पीडित नाबालिगको बकपत्र सुनाए भएता पनि उक्त बकपत्र प्रति न्यायाधीशले बेवास्ता गरेको पाइएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले बिहीबार अभिनेता पल शाहको बिपक्षमा गरेको जिल्ला अदालत तनहुँ र पूर्वीनवलपरासीको आदेशलाई नै सदर गरिसकेको छ । पुर्पक्षका लागि कारागार पठाउने आदेश गर्दा जिल्ला अदालतले टेकेका आधारहरुलाई नै उच्च अदालतले पनि आधारा मानेको छ ।
आरोपी शाह घटना भएको रात पीडीतको कोठामा पुगेको, पीडितले बलात्कार भएको जाहेरी दिएको, आरोपीले सार्वजनिक भएको अडिओमा यौन सम्पर्क भएज सरी कुरा गरेको लगायत विषयलाई उच्च अदालतको इजलासले टेकेको छ । तर, बहसका क्रममा शाहका कानुन व्यवसायीहरूले पीडितले अदालतसमक्ष गरेको बकपत्रलाई भने वास्ता गरेको देखिँदैन । प्रहरीसमक्ष पीडितले दिएको जाहेरी र बयान तथा आरोपीले प्रहरी र अदालतसमक्ष गरेको बयानलाई मात्र टेकिएको छ
आदेशमा भनिएको छ, ‘आज भएको बहसको क्रममा अधिवक्ताहरूले तहाँ अदालतमा भएको पीडित र जाहेरवाला समेतको बकपत्रको प्रतिलिपि पेस गरेको देखिँदा अब अन्य बुझ्नुपर्ने प्रमाणहरू भए अविलम्ब बुझी निरन्तर सुनुवाइको प्रकृया अवलम्बन गरी यथाशीघ्र फैसला गर्नुहोला ।’
जिल्ला अदालतमा पीडित र जाहेरवालाले बयान फेरेपछि आरोपी शाह र उनका कानुन व्यवसायीहरू उच्च अदालतबाट आदेश उल्टने अपेक्षामा थिए । तर शाह र उनका कानुन व्यवसायीले जुन आदेशको अपेक्षा गरेका थिए त्यसको ठिक उल्टो आदेश उच्च अदालतले दिएको छ । अब सम्भवत: जिल्ला अदालतले फैसला नगर्दासम्म आरोपी शाह कारागारमै रहने छन् ।
https://youtu.be/2VUm727Hbac