सुपक अधिकारीको शब्द, रिमेस कुमार थापाको संगीत र नित्याशिवा र शान्ति श्री परियारको आवाज रहेको गीतमा गायीका नित्याशिवाले दोस्रो क्रीयटम म्युजिक अवार्डमा उत्कृष्ट गायीकामा अवार्ड जित्न सफल भएकि छन । नित्याशिवाले अवार्ड प्राप्त गरेको गीतको भिडियोलाई शंकर अधिकारी घायलले निर्देशन गरका हुन भने स्मारिका ढकाल र दीपा शाहीको अभिनय रहेको छ । नित्याशिवाको स्वरमा रहेका थुप्रै गीतहरु चर्चितमा छन ती मध्ये बाबुल गिरी संग चाकुन चुकुन माया, निशान भट्टराई संग सालि कस्को भेनाको रहेको छ भने राजन श्रेष्ठ संग सिम्पल सिम्पल कान्छि २ चलचित्रको पास्र्व गायनमा , काचुलि, मेरो दिल छ पोखरामाको यो मेरो दिल, फिदा लगायतका दर्जनौं चलचित्रहरुका गीतहरु रहेका छन ।