भक्तपुर , – नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको टिजरमा कोरिया जान सपना बोकेर राजधानी छिरेका एक युवा गर्नु परेको संघर्षमय यात्रा, पारिवारिक सम्बन्ध, प्रेम र धोका मिसिएको जीवनकथा प्रस्तुत गरिएको छ। चलचित्रका मुख्य पात्र विजय बरालको जीवन संघर्ष टिजरको केन्द्रबिन्दुमा देखाइएको छ। कथाले वैदेशिक रोजगारीका लागि कोरिया जान चाहने युवाको मनस्थितिलाई छिचोल्दै सपना र यथार्थबीचको द्वन्द्व चित्रण गर्छ। टिजरमार्फत प्रस्तुत गरिएका केही प्रमुख
चलचित्रमा विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकारहरूको अभिनय छ। चलचित्र हिमाल न्यौपानेको निर्देशनमा तयार भएको हो। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। चलचित्रका असोसिएट निर्देशक मनिष राउत छन् भने कमल न्यौपाने र विमल न्यौपाने निर्माता हुन्।
फिल्म पेपरक्लिपको ब्यानरमा निर्माण गरिएको हो।
‘जनै हराएको मान्छे’ यही भदौ ६ गते देखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।