नबिन पन्त शुक्रबार, साउन १०, २०८२

भक्तपुर- सस्पेन्स, थ्रीलरको साथमा प्रेम, विछोड र बदलाको कथाले भरिएको अलचित्र ‘मोहर’को ट्रेलर सार्वजनिक भएको छ । साउनको २३ गतेबाट रिलिजमा आउने यो फिल्मलाई ओम प्रतिकको लेखन तथा निर्देशनमा मेकर्स प्रा.लि.को व्यानरमा निर्माण गरिएको हो । चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । चलचित्र ‘मोहर’को ट्रेलर मुख्यतया पल शाह, बेनिशा हमाल र नीति शाहका साथै कलाकारहरू लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरी घुमेको छ । देउकी प्रथालाई मुख्य विषयवस्तु बनाएको ट्रेलरमा थुप्रै आरोह अवरोह देखिन्छ । पलको बेनिशा र नीतिसँगको प्रेमले पनि अर्थपूर्ण कथा भन्न खोजेको ट्रेलरमा प्रष्ट देख्न सकिन्छ । एउटी बालिकालाई देउकी चढाउने विषयबाट उठान भएको फिल्मको ट्रेलर थुप्रै उतारचढावका बीच अगाडि बढेको छ । यो चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर, दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत छ । यो फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा कुमार महर्जनको एक्सन छ ।