भक्तपुर — चलचित्र ‘जनै हराएको मान्छे; सम्बन्धका धागाहरू’को प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले प्रचार सामग्रीस्वरूप ‘मसुरीको दाना’ बोलको गीत सार्वजनिक गरेका छन । गायिका अञ्जु पन्त र गायक एसडी योगीको स्वर रहेको गीतका शब्द हर्क साउदले लेखेका हुन् । योगीकै संगीत रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, गौरव पहाडी र मिरुना मगरलाई देखिन्छन् । भिडियोलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन । हिमाल न्यौपानेको निर्देशन रहेको यो चलचित्रमा यी चार कलाकारका साथै सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगरलगायतको अभिनय छ । भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको यो फिल्मलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । फिल्मको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ ।