नबिन शुक्रबार, साउन १७, २०८२

भक्तपुर – रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारहरूलाई समावेश गर्दै फस्टलुक पोस्टर सार्वजनिक गरेका छन ।  मिलन तामाङको निर्देशन रहेको यो चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुवाल यो चलचित्रका कार्यकारी निर्माता हुन् ।

रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, साहिल खानको ट्रेलर छ । यो चलचित्र दशैंको फूलपातीको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउँदैछ ।

चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरूको अभिनय छ ।

चलचित्रको फस्टलुक पोष्टरलाई विजय बस्यालले तयार पारेका हुन् । चलचित्र ‘माइतीघर’ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ । चलचित्र उत्कृष्ट बनेको भन्दै निर्माता रोहित अधिकारीले प्रचारप्रसारमा पनि कुनै कमी नगर्ने बताएका छन् ।