नबिन पन्त मंगलबार, साउन २१, २०८२

साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सिटामोलु’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। यही शुक्रबार० देखि देशभर एकसाथ प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको टिमले यो गीत रिलिज गरेको हो। गीतको भिडिओमा चलचित्रका प्रमुख कलाकारहरु सौगात मल्ल र बेनिशा हमालको अभिनय देख्न सकिन्छ । गीतमा अञ्जना खतिवडा र रवि ओडले स्वर दिएका छन् भने गीतको शब्द, संगीत र संगीत संयोजन बाबुल गिरीको हो। गीतले नेपाली मौलिकता झल्काउने र चलचित्रको कथा भावलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। राज बहादुर सानेको निर्देशनमा बनेको ‘सिटामोल’  मा सौगात र बेनिशाका साथमा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेललगायत कलाकारहरूको अभिनय छ। श्रीकृष्ण र जानुकाले यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गर्दैछन्। तुल्सीदेवी फिल्म प्रा।लि। को निर्माण तथा जुनतारा फिल्मसको सहकार्यमा बनेको ‘सिटामोल’ को कथा प्रदीप भारद्धाज र निर्देशक राजबहादुर सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको चलचित्रको निर्मातामा भूगोल कुमार कार्की र विकासराज जोशी छन्।