नबिन बिहिबार, साउन २३, २०८२

भक्तपुर – दशैंको फूलपातीमा रिलिजमा आउन लागेको बहु प्रतिक्षित फिल्म ‘बलिदान’का मुख्य चार पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । यसअघि फिल्मका मुख्य नायक समीर भट्ट, नायिका कविता राय र अर्का नायक सौगात मल्लको लुक्स सार्वजनिक गरिसकेको निर्माण टिमले चार पोस्टर सार्वजनिक गरेका छन
बुधबार सार्वजनिक भएका ती पोस्टरमा नायक अर्पण थापा, नायिका ऋचा शर्मा, कलाकार हेमन्त वुढाथोकी र फिल्मका निर्देशक तथा कलाकार सन्तोष सेनको लुक्स समावेश छ । सार्वजनिक भएका चार पात्रमध्ये निर्देशक तथा कलाकार सन्तोष सेन र खलनायक हेमन्त वुढाथोकीको लुक्सले धेरैलाई सरप्राइज दिएको छ । आसुसेन फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा पवन ब्राडफोर्डको लगानी छ । फिल्मका कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो फिल्मले बक्स अफिसमा धमकेदार ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।