सर्लाही । अहिलेको लोकप्रिय गायिका सारिका घिमिरेले नयाँ गीत ‘मैना चरी’ सार्वजनिक गरेकी छिन् । उक्त गीतमा महिलामाथि हुने हिंसालाई अभिव्यक्त गरिएको छ । रचनाकार सारिकाको हृदयस्पर्शी शब्दलाई योगेश काजीको संगीत तथा संगीत संयोजन र स्वयं आफ्नै मिठो स्वरमा तयार पारिएको गीतले बजार तताएको छ ।
‘मैना चरी’ मा सारिकाले मनको गहिराईबाट आम महिलाको पीडालाई उतारेकी छन् । ‘मैना चरी’ मा उनले गरेको अभिनय एकदमै तारिफ योग्य रहेको छ तेसैले दर्शकहरुलाई तानिरहने छ । घिमिरेले शब्दमा झै गीतको भावमा डुबेर अभिनय गरेकी छन्, । गीत सङ्गसंगै अभिनयमा पनि आफूलाई अब्बल रुपमा प्रस्तुत गरेकी छन् ।
बविता पोखरेलको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा सारिका स्वयंले अभिनय गरेकी छन्। भिडियो गम्भीर विष्टले निर्देशन गरेका हुन्।
उनको हिट गीत गुन भुल्यौ पित्तलको सुन पाए पछिले राम्रो चर्चा बटुले पछि नयाँ गीतको साथ सारिकाको अर्को गीत
कर्मले हारेको मैना चरीको पखेटा काटिएपछि कसरी उड्छौ भन्दै गीतमा महिलाको वेदना प्रस्तुत गरिएको छ। मैना चरीलाई प्रतीक बनाएको गीत महिलामाथि हुने हिंसामा आधारित छ। सारिकाले आफ्नो अफिसियल युट्युव मार्फत शुक्रवार मध्यराति ‘मैना चरी’ सार्वजनिक गरेकी हुन् ।