भक्तपुर। नव गायक माधव सुनुवारको पहिलो गीत ‘दुई दिनको जिन्दगीमा’ को स्टुडियो भर्जन सार्वजनिक भएको छ ।सुनुवारले आफै युट्युब च्यानल माधव सुनुवार मार्फत गीत सार्वजनिक गरेका छन। गीतमा माधव सुनुवारसँगै अहिलेकी चर्चित गायिका रचना रिमालको स्वर रहेको छ । सुनुवारकै शब्द, संगीत र स्वर रहेको यस गीतमा बाचुन्जेल रमाइलो गर्नुपर्छ भन्ने सन्देश दिइएको छ ।