नबिन पन्त शनिबार, आषाढ २०, २०८३

भक्तपुर –  बास्तबिक सत्य घटनामा आधारित भनिएको गीत माया के हो मायामा मानिस किन पागल हुन्छनको भिडियो रिलिज भएको छ युबतिको कारणले मानिसको जिन्दगी कसरी बर्बाद हुन्छ यहि आसय बोकेको गीत “मायामा दुनियाँ पागल” ओएस आर मुभिज युटुब च्यानल बाट रिलिज भएको छ । बिनोद सन्जेलको प्रस्तुतिमा नित्याशिवा र बिनोद सन्जेलको स्वर, शंकर अधिकारी घायलको गीत, प्रमोद डिजि र घायल शंकरको संगीत रहेको गीतको भिडियोमा बिनोद सन्जेल, रबिना कार्की र लक्ष्मण भण्डारीको अभिनय , एलेक्स पुडासैनिको छायांकन , मदन न्यौपानेको मेकप , राजेश कुमारको रङ सम्योजन र सम्पादन रहेकोछ भने शंकर अधिकारी घायलले उक्त गीतको निर्देशन गरेकाछन