भक्तपुर – नेपाली फिल्म ‘कंगाल करोडपति’ मा प्राप्ती श्रेष्ठ अनुबन्धित भएकि छिन्। निर्माण पक्षले उनलाई फिल्मको महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरिएको जनाएको छ।यसअघि नै फिल्मका मुख्य कलाकारका रूपमा मुकुन भुषाल,सलिना तामाङ र रेयर राई अनुबन्धित भइसकेका छन्। राजु श्रेष्ठको निर्देशन रहने फिल्म सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो।
फिल्मका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने अनिलकुमार बुढाथोकी निर्माता रहेका छन्। छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा सह–निर्माताका रूपमा आबद्ध छन्। रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरको भूमिकामा रहनेछन्। फिल्मको कथा सुमन गजमेरले लेखेका हुन्। निर्माण पक्षका अनुसार हाल छायांकनका लागि विभिन्न स्थानको लोकेशन रेकी भइरहेको छ। केही कलाकार छायांकन हुने क्षेत्रबाटै चयन गर्ने तयारीसमेत गरिएको छ। प्राप्ती श्रेष्ठ ‘SEE Princess २०२४’ (सिजन १२) तथा ‘मोस्ट ट्यालेन्टेड’ (सबैभन्दा प्रतिभाशाली) अवार्ड विजेता हुन। विभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा अभिनय समेत गरेकी उनी तेक्वान्दोमा ब्ल्याक बेल्ट प्राप्त हुन।


