नबिन पन्त मंगलबार, साउन १९, २०८३

असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच श्रेय अगस्ती र बेनिशा पौडेलको स्वरमा रहेको लोक शैलीको गीत दर्शकमाझ ल्याइएको हो । गीतमा विष्णु नेपालीको शब्द र संकेत अगस्तीको संगीत रहेको छ ।

पोखराको रमणिय क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा जितु नेपाल ९मुन्द्रे० र प्रियना आचार्य ९मुन्नी०ले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गरेका हुन् । राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको यस फिल्ममा जितु र प्रियनासहित शुशील पोखरेल, मान्शी शर्मा, विरेन्द्र सिंह कुशवाहा, कमल देवकोटा, रोदा राई, मनिल तामाङ, दिप्सन लिम्बू, मेनुका आचार्य, गणेश राजभण्डारीलगायतका कलाकारहरूको अभिनय देख्न सकिने निमार्ण टिमले जनाएको छ। बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताको रूपमा छन् ।

अनन्त राई कार्यकारी निर्माता रहेको फिल्ममा डम्बर राईको कथा, सविन अधिकारी र शंकर धितालको लेखन, पटकथा तथा संवाद, डम्बर राईको छायांकन, सन्देश शाहको सम्पादन, किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बू र संकेत अगस्तीको संगीत तथा कमल राईको नृत्य निर्देशन रहेको छ । फिल्मका मुख्य सहायक निर्देशक रोजल थापा हुन् ।