नबिन पन्त शनिबार, भाद्र २७, २०८३

भदौ १९ अर्थात कृष्ण जन्माष्टमीमा रिलिजको तयारीमा रहेको फिल्म ‘बाः एक योद्धा’ रसुवा बाढीको कारण देखाई निर्धारित मितिबाट प्रदर्शन सर्दै मंसिर २४ गतेलाई प्रदर्शन मिति तय गरिएको थियो । तर, अब भने यो फिल्मले फेरि ‘यूटर्न’ अब यो फिल्म असोज ९ गते देखि ‘आचार्य’ र ‘जदौ’ सँगै प्रदर्शन गरिने भएको छ । निर्माणा पक्षले असोज ३१ गतेदेखि सुरु हुने दशैं बिदालाई लक्षित गर्दै फिल्मको प्रदर्शन मिति तय गरेको देखिन्छ । संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा,माओत्से गुरुङ, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटीलगायतका कलाकारहरूको अभिनय रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा कृष्ण काफ्ले सह(निर्मातामा छन् । फिल्ममा शिवराम श्रेष्ठको छायाकंन, मित्र डी गुरुङको सम्पादन, हरि लम्सालको संगीत, रोमन बज्राचार्यको पार्श्व संगीत तथा सुरेन राईको नृत्य निर्देशन रहेको छ । फिल्मले सन्तानको भविष्यका लागि बुबाले गर्ने संघर्षको कथा प्रस्तुत गर्ने जनाइएको छ