

असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को ‘तिमीसँग नबोली’ गीत सार्वजनिक गरिएको छ । ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी प्रभात पाल ठकुरी र नीति शाहको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । भिडियोको लोकेशन र छायांकनले भिडियोलाई आकर्षक देखाएको छ । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्ममा प्रभात र नीतिसहित नरेश पौड्याल, मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा,न्यौपाने, खड्ग बहादुर पुन मगर, रोहित कार्कीलगायतका कलाकारहरूको रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक लिम्बू स्वयंले तयार पारेका हुन् । सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, मनोज चौलागाईंको पार्श्व संगीत तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ । फिल्म अन्तरजातीय प्रेमकथामा आधारित रहेको जनाइएको छ ।