
असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’को बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच झन्डै २ मिनेट लामो टिजर सार्वजनिक गरिएको छ । टिजरको सुरुवात हिउँवाला गौतमबाट हुन्छ, जो दुःखी हुँदै मध्यरातमा पानी पर्न लागेको समयमा घर छाडेर जाँदै गरेकी देखिन्छिन् । त्यस्तै सार्वजनिक गरिएको टिजरमा जेठानी र देउरानीको भूमिकामा रहेका केकी अधिकारी र आँचल शर्माबीचको झगडा र एउटा रुखलाई लिएर उत्पन्न विवादपछि आमाको खोजी भइरहेको देखिन्छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा, उत्तम केसीलगायतका कलाकारहरूको अभिनय रहेको छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानीमा बनेको फिल्ममा विष्णु घिमिरे (कल्पित) को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।