नबिन पन्त बिहिबार, भाद्र ०४, २०८३

निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’मा ‘स्टार’ कलाकारको जम्बो टोलि नै हुने भएको छ । सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेन अनुबन्धित भइसकेको फिल्ममा अभिनेता विजय बरालको पनि प्रवेश भएको छ । बुधबार निर्देशक चौधरीले विजयलाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेको जानकारी दिएका हुन् । विजयको प्रवेशसँगै फिल्मको ‘लाइनअप’ले दर्शकको पनि ध्यान तानेको छ । अझ रोचक संयोग के छ भने फिल्ममा अनुबन्धित भएका चारजनै कलाकार एउटै थिएटरबाट आएका हुन् । ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धिसागरको लेखन रहेको फिल्ममा प्रवेश चौधरी र निला देव निर्माताको रूपमा छन् । सह(निर्मातामा विश्वास बस्नेत ९बेन० र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् । मानकृष्ण महर्जनको छायांकन तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको भदौबाट पूर्वको कोशी ब्यारेक क्षेत्रमा ७० दिनसम्म छायांकन हुनेछ । फिल्मको कथा, मेकिङ र प्रस्तुतीकरणमा नयाँपन ल्याउने प्रयास गरिएको उनले बताए । फिल्मले दर्शकलाई फरक अनुभव दिने उनको विश्वास छ । उनका अनुसार फिल्ममा विभिन्न कालखण्डको कथा समेटिएको छ ।