प्रेमका मामलामा सबैको विचार अलग अलग हुन्छ । कतिपय मानिसहरुलाई प्रेममा रहेर पार्टनरका साथ खुसियाली जीवन बिताउन मन पर्छ र यिनिहरु सजिलै प्रेममा पर्दछन् भने कोहि मानिसको नजरमा प्रेमको मतलव शुन्य झै हुन्छ । उनीहरु प्रेममा प्रश्न गर्ने र पार्टनरलाई हमेशा शंका गर्दछन् । यिनिहरु हतपत प्रेममा पर्दैनन् । कुनकुन राशीका जातक प्रेममा पर्दैनन्, जान्नुहोस् ।
१. मेष राशी
यी राशीका ब्यक्ति आफ्नै जिद्दिपनाका कारण परिचित हुन्छन् । मेष राशीका व्यक्तिहरुमा कमजोर धैर्यता रहने गर्दछ । आफ्नो हिसाबले सम्बन्ध भएन भने उनीहरु पार्टनरलाई इग्नोर गर्न थाल्दछन् । उनीहरुमा आफ्नो पार्टनर प्रति अत्यन्त कम आशा हुन्छ त्यसैले यी राशीका व्यक्तिहरु हतपत प्रेममा पर्दैनन् । यी राशीका ब्यक्तिलाई प्रेम गर्नेहरुले पनि प्रेम पाउन निकै ग्राहो हुन्छ ।
२. वृश्चिक राशी
यस राशीका ब्यक्ति अत्यन्त भावुक र बुद्धिमानी हुन्छन् । उनीहरु प्रेममा बफदारीका लागी परिचित छन् तर यि राशी भएका ब्यक्तिले जबसम्म आफुले पुर्णरुपमा मन पराएको सुनिश्चित गर्दैनन् तबसम्म प्रेममा छन् भनेर भरोसागर्नु हुदैन । हतपत कुनै वाचा नगर्ने यी राशीका ब्यक्तिको दिमाग के चलिरहेको छ निकटका ब्यक्तिले पनि थाहा पाउँदैनन् ।
३. धनु राशी
उत्साही र साहसी स्वभावका धनु राशीका जातकलाई प्रेममा पर्दा आफ्नो स्वतन्त्रता सकिने भय रहन्छन । उनीहरु नयाँनयाँ प्रयोग गर्न रुचाउँछन् तर चाडैँ त्यसबाट दिक्क मान्दछन् । तसर्थ यी राशीका ब्यक्तिसँग प्रेममा पर्नेहरुलाई पनि यस प्रकारको समस्या रहने गर्दछ । तर एक पटक प्रेममा परेका यस राशीका जातक सदैव बफदार रहने गर्दछन् । धनु राशीका मानिसहरु इमान्दारीका साथ प्रेम गर्ने हुन्छन ।
४. तुला राशी
मनोरञ्जनमा बढि समय दिने तुला राशीका व्यक्तिको सामाजिक दायरा ठुलो हुने गर्दछ । उनीहरु सम्बन्धको दबावलाई झेल्न सक्दैनन् । कुनै एक बिषय या ब्यक्तिको बारेमा सोचेर लामो समय चिन्तित हुने यी राशीका जातक प्रेममा नपर्न आफैलाई यातना दिने गर्दछन् । यी राशीका ब्यक्तिलाई हतपत प्रेममा पर्ने सम्भावना रहदैन ।
५. कुम्भ राशी
यस राशीका जातक आफुप्रति हतपत कसैलाई हावि हुन दिदैनन् । कठोर स्वभावका भए पनि उनीहरु मनका भने कोमल हुन्छन् तर रिसमा काबु राख्न नसक्नाले यिनिहरुको प्रेम चाडैँ टुट्ने गर्दछ । उनीहरु कल्पनामा रमाउने भएकाले प्रेममा पनि काल्पनिक छवि रुचाउँछन् । आलोचना वा विरोध सहन नसक्ने यी जातकको पार्टनरसंग राम्रो सम्बन्ध नहुनुको एक कारण हो ।
६.मीन राशी
मीन राशीका व्यक्ति रचनात्मक र कल्पनाशील हुने गर्दछन् । दुनियाँ हेर्ने उनीहरुको अलग्लै नजर हुने गर्दछ तर यि राशीका जातक प्रेममा सहज समझदारी राख्दैनन् । तर्सथ यी राशीलाई प्रेम गर्नेहरु खुशी हुँदैनन् । यदि यो राशी प्रेममा नपर्नुको कारण खोज्ने हो भने उनीहरुको स्वभाव नै अक्सर जिम्मेवार रहने गर्दछ ।