नबिन शुक्रबार, साउन ३१, २०८२

भक्तपुर — मनोहरा खोला किनारमा रहेको सुकुमवासी र काठमाडौं महानगर प्रहरीबीच झडप भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बिहानै खोला किनारामा सार्वजनिक तथा व्यक्तिको जग्गा जवरजस्ती प्रयोग गरि बसेको बस्तीका संरचनामा डोजर चलाउन थालेपछि आक्रोशित भएका स्थानीयले विरोधमा ढुंगामुढा प्रहार गरेका थिए । त्यहीक्रममा सुकुमवासी र नगरप्रहरीबीच झडप भएको हो । स्थानीयहरुले नगर प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जपछि सथानीय तितिरबितर भएका थिए । शुक्रबार बिहानै नेपाल प्रहरीसहित महानगरको टोलिले डोजर लगेर  सुकुमवासीका टहरामा डोजर लगाएको थियो ।