नबिन पन्त सोमबार, भाद्र २३, २०८२

काठमाडौँ —जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ । बानेश्वर केन्द्रित भै रहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । गोलि लागेर घाइते भएकाहरुलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जना, एभरेष्ट अस्पतालमा ३ जना र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा १ र टिचिङ अस्पतालमा १ गरेर १३ जनाको मृत्युु भएको हो ।