भक्तपुर। सरकारले चुनावको लागि तीन दिन बिदा दिने निर्णय गरे सँगै ७ दिन बिदा हुने भएको छ। सरकारले चुनावको लागि भनेर फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको हो । निर्वाचन आयोगको सिफारिसमा सरकारले सो ३ दिन बिदा दिन लागेको हो ।
योसँगै १८ र १९ गते फागु पुर्णिमा (होलि)को बिदा, २०, २१ र २२ गते चुनावको बिदा २३ गते शनिबारको बिदा र २४ गते नारी दिवसको बिदा गरी लगातार ७ दिन बिदा हुने भएको छ ।