नबिन पन्त मंगलबार, फाल्गुण १९, २०८२

भक्तपुर – २१ गते चुनाव हुँदैन भन्दै भविष्यवाणी गरेर भ्रम फैलाएको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको पक्राउ परेको छ ।
उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने र भए पनि अनिष्ठ हुने भविष्यवाणी गरेका थिए । फागुन २१ मानिर्वाचन नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्ने गतिविधि गरेको भन्दै उनलाई मच्छेगाउँस्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । परिवार स्रोतका अनुसार ज्योतिष अधिकारीलाई नियन्त्रणमा लिँदा प्रहरीले कुनै पुर्जी वा कागज देखाएको थिएन । उनलाई १० मिनेट कुरा गर्नुपर्यो भन्दै लगिएको परिवार स्रोतको भनाई छ । तर, साँझ अबेरसम्म पनि घर नफर्किएपछि बुझ्दा उनलाई पठाउन नमिल्ने र सम्मानसाथ राखिएको प्रहरीले बताएको अधिकारीको पारिवारिक स्रोतले बताएको छ ।