नवीन पन्त शनिबार, जेठ ३०, २०८३

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयले सेफ सन्तोष साहलाई धनुषाकाे रामानन्द चोकबाटबाट पक्राउ गरेको हो ।  हिजो राति साह र उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए । शकुन्तला अधिकारी (थापा)को जाहेरीका आधारमा उनलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनलाई पक्राउ गरिएको हो ।
उनीहरु  दुबैलाई काठमाडौँ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।