भक्तपुर । कुनै बेला नेपकाका अध्यक्ष रहेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यतिबेला भने सुमधुर सम्बन्ध छैन। प्रधानमन्त्री ओलिले संसद विघटन गरे पछि सर्वोच्च अदालतले दुई पूर्ववत पार्टीलाई ब्युँताउनु अघि प्रचण्डकै अगुवाईमा ओलीलाई नेकपाको साधारण सदस्यसमेतबाट हटाइएको थियो र संसदीय दलको नेताबाट पनि हटाइएको थियो। तर, […]
भक्तपुर । नेकपा–एमालेका महासचिव ईश्वर पोखरेलले आज सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहसँग वार्ता गरेलगत्तै एउटा भावूक कविता लेखेर सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा ‘आफ्नो घर’ शीर्षकको सो कविता पोष्ट गरेका हुन्। यस्तो छ उनको कविता: आफ्नो घर अग्रजहरूको– रगत पसिनाले सिंचित जगमा। मिहिनेतले– बनाएको आफ्नै घर। सभ्यता र संस्कृतिको– प्रतीक बनेको […]
भक्तपुर । नेकपा एमालेको धुम्बाराहीमा आज अध्यक्ष केपी शर्मा ओली पक्ष र बरिष्ठ नेता माधव नेपाल पक्षका बीचमा भएको छलफलमा अध्यक्ष ओलीले एमाले र माओवादीबीच भएको एकीकरणको विन्दूमा छलफल गर्न नमानेपछि बैठकमा कुनै ठोस प्रगति नभइ टुङ्गिएको छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार नेपाल पक्षले २०७५ जेठ ३ मा दुई पार्टीबीच भएको एकीकरणको […]
भक्तपुर । नेकपा एमाले माधव कुमार नेपाल समूहले आजको भेटवार्तामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागनु २८ गते लिएको अडान फिर्ता लिनुपर्ने अडान राखेको छ। धुम्बारहीमा भएको वार्ताबाट बाहिरिने क्रममा नेपाल समूहका नेता रघुजी पन्तले आआफ्नो अडान राखिएको बताए। फागनु २८ गते पार्टी अध्यक्ष केपि शर्माबओलीले पदाधिकारीहरुलाई हटाएका थिए। नेकपामा भएका पदाधिकारी हटाएर […]
भक्तपुर । नेकपा एमालेका दुई समूह प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच भएको वार्ता सकिएको छ। करिब १ घण्टा धुम्बारहीमा वार्ता चलेर सकिएको हो । प्रधानमन्त्री ओली र नेपालबीच करिव ४ महिनापछि भेटवार्ता भएको हो। पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि यी दुइ वार्तालाप भएको थिएन्। आजको भेट वार्तामा ओली पक्षबाट […]
भक्तपुर । सर्वोच्च अदालको फैसलाले नेकपा एमाले ब्यूँतिएसँगै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली देखिएका छन् । उनी पार्टीमा शक्तिशाली देखिए पनि सबैलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने चुनौती उनीसामु देखिएको छ । ओली तत्कालीन एकीकृत नेकपाको संसदीय दल र केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल मिल्दा अल्पमतमा थिए । तर, अहिले […]
भक्तपुर । आज सर्वोच्च अदालतले साबिकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दल दर्ता प्रचलित कानुनअनुसार नभएको भन्दै खारेज गरिदिएसँगै सो पार्टीका केही नेताको राजनीतिक भविष्यमा प्रश्न उठेको छ । हाल राजनीतिक रुपमा विभाजित अवस्थामा रहेको केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त अध्यक्षतामा गठन भएको पार्टीलाई […]
भक्तपुर । सर्वोच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलिलाई जस्तै नेपकाका अर्का नेता माधव कुमार नेपाललाई पनि जन्म दिनको नमिठो उपहार दिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीले आफ्नो पार्टीको नामसँग ठ्याक्कै मिल्नेगरी नाम राखेको र निर्वाचन […]
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझेका छन् । ओलि गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीसँगै प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु रिमालसमेत पुगेका थिए । गौतम केहीदिन अघि घरभित्र लडेर उनलाई सामान्य चोटपटक लागेको […]