किरण केसी उज्यालो नेपाल पार्टीको सीईओमा नियुक्त

भक्तपुर| उज्यालो नेपाल पार्टीले किरण केसीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ। पार्टीका प्रमुख सचिव डा. राजु थापाद्वारा जारी नियुक्तिपत्रअनुसार केसीको नियुक्ति २०८२ चैत १० देखि लागू हुने जनाइएको छ। पार्टीले केसीको नेतृत्व क्षमता, दक्षता र प्रतिबद्धताप्रति विश्वास व्यक्त गर्दै उनको नियुक्ति गरिएको जनाएको छ। पार्टीका अनुसार केसीको दूरदृष्टि र व्यावसायिक क्षमताले संस्थाको प्रभावकारी […]

मदन भण्डारीका चार वटी श्रीमती थिए भनेर ओलीले नै भनिदिएपछि एमाले संकटमा छ; प्रचण्ड

भक्तपुर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले शनिबार काठमाडौंको सितापाइलामा आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा सरकारमा रहेका दुई ठूला दलहरूमा चारिक र राजनीतिक संकट देखिएको बताएका छन्। उनले भने कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र पछिल्लो पटक गिरिजाप्रसाद कोइराला जस्ता नेताहरुले खेलेको भूमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको […]

एमाले निर्माणमा सक्रिय हुन विद्यादेवी भण्डारीको आह्वान

भक्तपुर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले पार्टी निर्माणमा सक्रिय हुन सम्पूर्ण कार्यकर्ताहरुलाई आह्वान गरेकी छिन्। पत्रकार सम्मेलनमा उनले जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सम्पूर्ण एमाले पंक्ति एकजुट हुन आग्रह गरिन्। उनले भनिन्,‘ जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक […]

बिद्या भण्डारीको केपी ओलीलाई कडा चेतावनी

भक्तपुर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको सम्बन्धमा धेरै पहिले दरार आएकोे भएता पनि हालको अवस्थामा यो विवाद सतहभन्दा गहिरो तहमा पुगेको प्रष्ट देख्न सकिन्छ। केन्द्रीय कमिटी बैठकमै अध्यक्ष ओलीले “विद्या भण्डारीको प्रवक्ता बन्नेलाई कारबाही गर्ने” कडा चेतावनी दिए पछि पार्टीभित्र भण्डारीको विषयमा खुलेर बोल्न कोही पनि तयार देखिएका […]

राजतन्त्र कुनै हालतमा नफर्किने प्रधानमन्त्री ओलिको दावी

भक्तपुर प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। सिरहा जिल्लाको ११ औँ अधिवेशनको उद्घाटनसत्रलाई सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएको र देश जोगाउने पार्टी एमाले […]

पक्राउ पुर्जी नलिई आयो, बेडरूमभित्र बसेर पुर्जी लेखियो – रास्वपा

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछानेलाई गैरकानुनी ढंगबाट पक्राउ गरिएको भन्दै त्यसको भर्त्सना गरेको छ। शुक्रबार भर्चुअल माध्यमबाट बसेको रास्वपा केन्द्रीय सचिवालयको बैठकले सभापतिलाई पक्राउ गर्दा प्रहरीले गरेको कार्यको भर्त्सना गर्ने निर्णय गरेको हो। रास्वपाले प्रहरी पक्राउ पुर्जी नै नलिइ सभापतिको घरमा पुगेको र सभातिकै बेडरूमभित्र बसेर पुर्जी लेखेको बताएको छ। […]

रवीन्द्र मिश्र, धवल शम्शेरसहित ११ जनाविरूद्ध राजद्रोहको मुद्दा

भक्तपुर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित ११ जनालाई राज्य विरूद्धको कसुरमा म्याद थप गरिने भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले मिश्र र राणासहित ११ जनालाई राज्यविरूद्धको कसुर तथा संगठित अपराधमा अनुसन्धान गर्न लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। अनुसन्धानका लागि सरकारी वकिल […]

रास्वपा सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै,धरौटीमा रिहा हुने सम्भावना कतिर ?

भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिँदैछ। लामिछानेको तर्फबाट थुनछेक बहस सकिएपनि जाहेरीवालाको तर्फबाट भइरहेको थुनछेक बहस नसकिएपछि उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको र बहस नसकिएको भन्दै आइतबार र सोमबार उनलाई हिरासतमा राख्न आदेश दिएका हुन्। […]

रास्वपा सभापति रवि अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पुनः काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि लामिछानेलाई आइतबार प्रहरी हिरासतमा राखिएको थियो। अधिकारीको इजलासमा भएको उनको बयान सकिएता पनि थुनछेक बहस सुरू नभएपछि सोमबार अदालतमा उपस्थित गराउने सर्तमा […]