
भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछानेलाई गैरकानुनी ढंगबाट पक्राउ गरिएको भन्दै त्यसको भर्त्सना गरेको छ। शुक्रबार भर्चुअल माध्यमबाट बसेको रास्वपा केन्द्रीय सचिवालयको बैठकले सभापतिलाई पक्राउ गर्दा प्रहरीले गरेको कार्यको भर्त्सना गर्ने निर्णय गरेको हो। रास्वपाले प्रहरी पक्राउ पुर्जी नै नलिइ सभापतिको घरमा पुगेको र सभातिकै बेडरूमभित्र बसेर पुर्जी लेखेको बताएको छ। […]
भक्तपुर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित ११ जनालाई राज्य विरूद्धको कसुरमा म्याद थप गरिने भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले मिश्र र राणासहित ११ जनालाई राज्यविरूद्धको कसुर तथा संगठित अपराधमा अनुसन्धान गर्न लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। अनुसन्धानका लागि सरकारी वकिल […]
भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिँदैछ। लामिछानेको तर्फबाट थुनछेक बहस सकिएपनि जाहेरीवालाको तर्फबाट भइरहेको थुनछेक बहस नसकिएपछि उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको र बहस नसकिएको भन्दै आइतबार र सोमबार उनलाई हिरासतमा राख्न आदेश दिएका हुन्। […]
भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पुनः काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि लामिछानेलाई आइतबार प्रहरी हिरासतमा राखिएको थियो। अधिकारीको इजलासमा भएको उनको बयान सकिएता पनि थुनछेक बहस सुरू नभएपछि सोमबार अदालतमा उपस्थित गराउने सर्तमा […]
भक्तपुर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। उनले शनिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने लगायत अन्य समसामयिक राजनीतिक परिस्थतिबारे बैठकमा छलफल हुने बताइएको छ। हिजो […]
भक्तपुर। राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्डलाई अर्को सरकार गठन नहुन्जेल मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न कार्यभार तोकेका छन्। राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको पत्र प्राप्त भएकोको जानकारी दिदै संविधान अनुसार अर्को सरकार गठन नहुन्जेल काम गरिरहन राष्ट्रपतिले कार्यभार तोकेका हुन्।
भक्तपुर। नेकपा एमालेले आज दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको छ । नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो । नेकपा एमाले यस अघि भएको नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो […]
भक्तपुर : एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता साझेदारीलाई गठबन्धन नभई समीकरणका रूपमा मात्र बुझ्न सबैमा आग्रह गरेका छन्। उनले बिहीबार मदन भण्डारी स्मृति प्रतिष्ठान तथा एमाले ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गर्दै एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रियता झन कमजोर भएको, राष्ट्रिय स्वाभिमानमा नराम्रो गरि आँच आउन थालेको र विकास, समृद्धि र सुशासनमा कुनै पनि सुधार हुन […]
भक्तपुर। पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपा नेपाल भक्तपुरले आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको पुत्ला दहन गरेको छ। केहि दिन अघि मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूणर् अभिव्यक्ति दिएको भन्दै आज राप्रपा नेपाल भक्तपुरले मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् । ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था […]