बालेनको कामको किन बिरोध गर्दै छन महेश बस्नेत ?

भक्तपुर – केही दिनदेखी सार्वजनिक स्थल कब्जा गरी बनाइएका, नक्सा पास गर्दा अनुमति पाएको भन्दा फरक प्रयोजनमा प्रयोग गरिएका र अन्य मापदण्ड उल्लंघन गरिएका अवैध र मापदण्ड विपरित बनाइएका संरचनालाई कानुनको दायरामा ल्याउन उत्रिएका मेयर बालेनको अभियानलाई एमालेका नेता महेश बस्नेतले विरोध गरिरहेका छन् । उनले मेयर बालेनको उक्त कार्यप्रति आपत्ति जनाउदै सामाजिक संजाल र […]

निहारिका राजपुतले करिश्मा मानन्धरबिरुद्व उजुरी दिने

भक्तपुर – आफ्ना निजी तस्वीरहरु सामाजिक संजालमा अनुमतिबिना नै सार्वजनिक गरेको भन्दै निहारिका राजपुतले नायिका करिश्मा मानन्धर विरुद्ध साइबर ब्यूरोमा उजुरी दिने भएकी छिन् । निहारिका र उनको बच्चाको अभिभावकत्व ग्रहण गर्छु भनेको केही समय अगाडी करिश्माले निहारिक र उनका पूर्वप्रेमी शिवराज श्रेष्ठका अन्तरंग तस्वीरहरु सामाजिक संजालमा सार्वजनिक गरिदिएकी थिइन् । निहारिक लामो समयदेखि शिवराजले […]

काठमाडौं जिल्ला अदालतले महानगरपालिकालाई नक्सा पासको विवरण बुझायो

भक्तपुर – काठमाडौं जिल्ला अदालतले महानगरपालिकालाई नक्सा पासको विवरण उपलब्ध गराएको छ । महानगरले अदालतलाई अदालतलाई नक्सा पास भए/नभएको विवरण उपलब्ध गराउन भने पत्र काटेको थियो । सोही अनुसार महानगरका सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतले महानगरलाई नक्सा पासको विवरण बुझाएको बताए । उनका अनुसार महानगरको अभिलेखमा अदालतको नक्सा पासको विवरण थिएन । […]

महानगरपालिकाले नयाँ बानेश्वर रहेको अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्कायो

भक्तपुर – काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर रहेको अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । महानगरले निकालेको ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो । २५ दिने सुचना पाए पनि अवैध संरचना नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध […]

कांग्रेस नेता प्रदिप गिरिको निधन

भक्तपुर – नेपाली कांग्रेसका सांसद तथा नेता प्रदीप गिरीको ७५ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ स् ३६ मा निधन भएको छ । क्यान्सर र निमोनियाबाट ग्रसित नेता गिरीको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो। उनको स्वास्थ्य अवस्था झन् झन् […]

बालेन र हर्कको ब्याटलमा बालेनको श्रीमतीको इन्ट्री तर पहिलो बलमै आउट

भक्तपुर – काठमाडौँको फोहोरको विषयमा अहिले ल काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बिच सामाजिक सञ्जालमा चलेको ब्याटलले नयाँ रूपमा लिएको छ । धरानका मेयर साम्पाङले ब्याक टु ब्याक बालेन माथि स्टाटसको वर्षा गराए पछि बालेनकी श्रीमती सविना काफ्लेले यस व्याटलमा इन्ट्री मारेकी छिन् । बालेनकी श्रीमती काफ्लेको नयाँ […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विवादास्पद नागरिकता विधेयक फिर्ता गरेकी छन् । संघीय संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ आनुसार विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको […]

मेयर बालेनले भने-आफ्नो बच्चाको डिएनए टेस्ट गरिदेउ भन्दा एउटा आमा जल्न तयार हुनुपर्ने?

भक्तपुर – काठमाडौं महानागरपालिकाका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेटेका छन् । बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौमा लामो समयदेखि आन्दोलनरत छिन् । केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएर उनको आन्दोलन रोकेको थियो । तर मन्त्रालयको प्रतिबद्धता अनुसार काम सुरु नभएपछि उनी […]

ओलिलाई भेटन बालकोट पुगिन रेखा थापा

भक्तपुर – राप्रपाकी केन्द्रीय सदस्य तथा नायिका रेखा थापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेकी छिन् । उनी महामन्त्री कुन्ती शाहलाई लिएर ओलिलाई भेटन बालकोट पुगेकी हुन् । ओलीसको भेटमा रेखाले देशको राजनीतिक अवस्था, आउँदो चुनावको बिषयमा कुरा गरेकी थिइन् । ओली देशकै अभिभावक भएकाले पनि भेट गरेको रेखाले बताएकी […]

राष्ट्रपति भवन अघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

भक्तपुर – राष्ट्रपति भवन अघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ परेकी छन् । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा कुनै पनि सहयोग नगरेको भन्दै अनसनरत २० वर्षकी निहारिकाले शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेपछि पक्राउ गरिएको हो । आज राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले आफ्नै शरीरमा पेट्रोल खन्याए पनि उनलाई प्रहरीले त्यसो  […]