
भक्तपुर – राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ। केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु हुनुका साथै आठ जना […]
भक्तपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । लामिछाने ४९ हजार २६१ मत पाएका छन भने कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार […]
भक्तपुर – तीन निर्वाचन क्षेत्र रहेको चितवनमा तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रभावशाली रूपमा अगाडि आएको छ । यहाँ स्वतन्त्र पार्टीका उम्मेदवारहरूले पुराना राजनीतिक दललाई कडा चुनौती दिइरहेका छन्। चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले नेपाली कांग्रेसका विश्व पौडेललाई १२ सयभन्दा बढी मतले पछि पारेका छन्। पछिल्लो परिणामअनुसार घन्टी […]
भक्तपुर – भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार बस्नेतले ६ हजार ८ सय २४ मत ल्याएका छन्। सुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन्। हालसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ।
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत फराकिलो मतान्तरले पछि परेका छन् । चुनाव अघि सम्म आफुले तेब्बर मत अन्तरले आफू बिजयी हुने दावी गरेका बस्मेत प्रारम्भिक मत गनणामै पछि परेका हुन। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार २०२ मत ल्याएका छन् भने बस्नेतले ५ हजार […]
भक्तपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले एमालेलाई पछि पार्दै अग्रता लिएकी छिन् । प्राप्त पछिल्लो अपडेटअनुसार तोसिमा कार्कीले १६०८ मत पाएकी छिन् भने एमालेका अमृत खड्काले १५१९ मत र माओवादीकी पम्फा भुसालले १०१० मत पाएकी छिन् ।
भक्तपुर – बैतडीमा मत पेटिका पुर्याएर फर्केको प्रहरी बोकेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्युु भएको छ। मृतकहरुको परिचय खुल्न भने बाँकी छ । दुर्घटना परेको जीपमा १२ जना प्रहरी सवार रहेको बुुझिएको छ। से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा न.४को निङलाडी खोलामा दुर्घटना भएको वडा अध्यक्ष दिपक बिष्टले बताए। सो दुर्घटनामा […]
भक्तपुर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको देशका विभिन्न स्थानबाट मतगणनाको प्रारम्भिक नजिता आउने क्रम जारी छ। मत गणना भएका धेरै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी आक्रमक रुपमा आएको छ। यसैबीच काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १७७ मत पाएको छ। यसैगरी पानीको जार चुनाव […]
भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो। गठबन्धन तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ६०० मतान्तरले अग्रता लिएका छन्। मध्यपुरथिमि नगरपालिका-३ […]
भक्तपुर । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सकिएको छ । मतदान सम्पन्न भएसँगै १० वटै निर्वाचन क्षेत्रको मतपेटिका संकलन कार्य सुरु भएको छ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । काठमाडौंका १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने […]