जापानका पूर्व प्रधानमन्त्रीको निधनप्रति एमाले अध्यक्ष ओलीले यसो भने ?

भक्तपुर – जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत आबेको हत्याको भत्र्सना गरेका छन् । ‘जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति म दुःखी छु । पूर्व प्रधानमन्त्रीको जघन्य हत्याको म घोर भर्त्सना गर्दछु,’ ओलीले भनेका छन् ‘आबे नेपालको मित्र हुनुहुन्थ्यो […]

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोलि प्रहार

भक्तपुर । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार देशको पश्चिमी भाग नारामा सडकमा भाषण दिने क्रममा गोलि प्रहार भएको छ । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । जापानी सञ्चारमाध्यमका अनुसार आबे घाइते अवस्थामा बेहोस छन् । शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले शिन्जो आबेलाई पछाडिबाट गोली हानेको बताएको छ । सिन्जो आबेलाई घाइते अवस्थामा नारा मेडिकल युनिभर्सिटीमा […]

करका दर परिवर्तन काण्डमा प्रधानमन्त्री शेर बहादुर देउवाकै छोराको पनि संलग्नता

भक्तपुर – अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको २४ घण्टा वित्न नपाउँदै करका दर परिवर्तन काण्डमा प्रधानमन्त्री शेर बहादुर देउवाकै छोराको पनि संलग्नता भएको पाइएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको र त्यसको सीसीटीभी फुटेज समेत लुकाएको विषयमा चौतर्फी आलोचना भएपछि अर्थमन्त्री जनार्दन शर्माले राजनीना दिएका थिए । अर्थमन्त्री शर्माले राजिनामा दिएको एक […]

फुटपाथमा मकै पोल्ने आचार्य दम्पतिमाथि थप कारबाही हुने

भक्तपुर । काठमाडौँ महानगरपालिकाले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पती माथि नगरप्रहरीमाथि हातपात गरेको अभियोगमा थप कारवाही गर्ने भएको छ । मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला उठाएको भिडियोले सामाजिक सञ्जालमा आए पछि विवादसंगै अहिले चर्चा पाएको छ । विभिन्न अन्तर्वाताहरुमा उनीहरुले नगर […]

तुइन चुँडिदा महाकाली नदीमा १८ वर्षीय युवक बेपत्ता

दार्चुला । तुइन तर्ने क्रममा महाकाली नदीमा खस्दा १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका छन । दार्चुलाको ब्यास गाउँपालिका(२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा तुइनबाट खस्दा उनी बेपत्ता भएका हुन् । तुइन तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । https://youtu.be/GTB4AotDXDw

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

भक्तपुर – चौतर्फी रुपमा विवाद भए पछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन् । अर्थमन्त्री शर्मा माथी बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप छ। शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। सभामुखको पहलमा जुन छानबिन […]

अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

भक्तपुर – नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन् । अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने बेला (गत जेठ १४ गतेदेखि १५ गतेसम्म) सिसिटिभी फुटेजसमेत अभिलेखमा नरहेको […]

रामेछाप दुर्घटना मृतकको संख्या १२ पुग्यो

भक्तपुर – रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापबाट रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । ‘बस दुर्घटनामा नौ जनाको घटनास्थलमा र बाकी ३ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको […]

सुकुटे घुम्न आएकी एक युवती बलात्कृत,बलत्कार आरोपमा तीन जना पक्राउ

भक्तपुर – सुकुटे घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् । बलत्कार आरोपमा पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने वर्ष १८ का प्रिन्स थपलिया, सोही […]

एसपीपीमा सहभागी नहुने भनेर सरकारले अमेरिकालाई अझै पत्राचार गरेन; प्रधानमन्त्रीको अमेरिका भ्रमण अन्योलमा

भक्तपुर – सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको दुई साता पुग्न लाग्दा पनि अमेरिकालाई पत्राचार गरेको छैन । ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरे पनि हालसम्म पत्राचार नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । परराष्ट्र मन्त्रालयबाट आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता […]