भक्तपुर। नाबालिका बलात्कार अभियोगमा क्रिकेटर सन्दीप लामिछाने विरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछाने विरुद्ध मुद्दा दर्ता गरेको हो। लामिछाने विरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै सोमबारदेखि नै थुनछेकको बहस सुरू भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा सन्दिपको र पीडित बालिका दुबैको बयान पेश गरेको छ ।
पीडित बालिकाले दिएको बयानको पूर्णपाठ यस्तो छ ?
सन् २०२२ को मार्चदेखि अप्रिलसम्म नेपालमा आयोजना भएको मलेसिया, नेपाल र पपुआ न्यु गिनीबीच भएको ट्राई नेशन सिरिज प्रतियोगिताका दौरान नेपाली राष्ट्रिय टोलीको खेलाडी देव खनालले ७२ रन स्कोर गरेपछि मैले देव खनाललाई खेलकुद समर्थकको हिसाबले चासोका साथ फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ । त्यसपछि देव खनालले फेसबुकमा मैले पठाएको फ्रेन्ड रिक्वस्ट एसेप्ट गरेपश्चात् निजले स्न्याप च्याट भन्ने सामाजिक सञ्जाल एपमा फ्रेन्ड रिक्वेस्ट पठाएको र सो पश्चात् मैले एसेप्ट गरेकी थिएँ । त्यसपश्चात् निज देव खनाल र निज म बीचमा स्न्याप च्याट एप्स मार्फत छोटो भिडियो सन्देश (स्न्याप) र फोटो आदान प्रदान हुने गरेको थियो । यो सिलसिला करिब तीन महिनासम्म चलिरहेको थियो । हामी बिच कुराकानी चलिरहेको समयमा नेपाली राष्ट्रिय टोली केन्यामा हुन लागेको दुई पक्षीय क्रिकेट शृङ्खलाको तयारी स्वरूप कालीमाटी स्थित हायात प्लेसमा क्लोज क्याम्प चलिरहेको अवस्थामा सन्दीप लामिछानेले च देव खनाल एकै कोठामा बसेका थिए ।
सोही क्रममा देव खनालले आफू र निज सन्दीप लामिछाने सँगै भएको फोटोमा निज सन्दीप लामिछाने रहेको तस्बिर लामिछाने समेतको युजर नेम राखी मलाई पठाएका रहेछन् । देव खनालले पहिलो पटक सो तस्बिर पठाउँदा मैले निज सन्दीप लामिछानेलाई वास्ता गरेकी थिइनँ । त्यसको करिब दुई दिन पछि देव खनालले आफू र सन्दीप लामिछाने सँगै भएको फोटो पुनः पठाएका रहेछन्। त्यसपछि १६ अगस्ट आसपासमा मैले निज सन्दीप लामिछानेलाई स्न्याप च्याटमा फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ ।
निज सन्दीप लामिछानेले मलाई फ्रेन्ड रिक्वेस्ट पठाएको करिब आधा घण्टा भित्र फ्रेन्ड रिक्वेस्ट स्वीकार गरिसकेका रहेछन् । तत्पश्चात् मैले अरू साथीहरूलाई जसरी नै उनलाई पनि छोटो भिडियो पठाइरहेकी थिएँ ।
त्यसपछि म र निज सन्दीप लामिछाने बीचमा सोही स्न्याप च्याट भन्ने एप्स मार्फत हाम्रो पारिवारिक पृष्ठभूमि ९बुवा आमा सँगै नरहनु भएको, पढ्नका लागि म आफै संघर्ष गरिरहेको, म आफू होस्टलमा बस्ने गरेको आदी० सामान्य कुराकानी भएको । त्यसपछि निज सन्दीप लामिछाने र म बीचमा सामान्य कुराकानी हुँदै जाँदा निजले मलाई भेट्नका लागि प्रस्ताव गरेको र सो लगत्तै मैले आफूले भ्याउँदिन भनेपछि निज सन्दीपले निकै जोडबल गरी आफू अर्को दिन ९२०७९ साल भदौ ६ गते० को बेलुका ८ बजे केन्याको लागी फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्किईकन क्यारेबियन प्रिमियर लिग खेल्नका लागि क्यारेबियन आईल्यान्ड तर्फ जाने र सो को दुई महिनासम्म पनि नेपाल फर्कन नपाउने भएकाले आजै भेटौँ भनी निकै जोडबल गरी रहेका थिए ।
सोही कुराकानीका क्रममा निजले आफ्नो मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ, कतै घुम्न जाउँला भनी प्रस्ताव गरेकामा मैले निजलाई हेरौँ के हुन्छ भनेकोमा निज प्रतिवादीले सो भन्दा आई विल क्याच यु लेटर भनेर सो बखतका लागि कुराकानी टुङ्गाएका थिए । त्यसपछि बिहान करिब ११ बजेतिर म कलेज गएकी र कलेजमै रहेको अवस्थामा करिब ३ बजेर ५७ बजे निज प्रतिवादीले ९८१६८८८८५१ बाट मलाई फोन गरेका रहेछन् ।
म क्लासमा पढिरहेकीले सो फोन उठाउन नपाएकी र मैले सोही नम्बरमा कल ब्याक गर्दा अर्कै व्यक्तिले फोन उठाई ‘को बोलेको हो’ भनी सोधेकोले मैले नचिनेको मान्छेको नम्बर रहेछ भन्ने ठानी कुनै जवाफ नदिईकन फोन राखी दिएको थिए । पछि मलाई निज प्रतिवादीले सोही नम्बर ९८१६८८८८५१ बाट ४ बजेर १८ मिनेटमा फोन गरी अहिले आफू बैठकका लागि सात दोबाटो गइरहेको र पछि फोन गर्ने बताएकोमा त्यसपछि म होस्टलमा गएँ ।
६ बजेर २५ मिनेटमा निज प्रतिवादीले ९८२५८८८०२५ नम्बरबाट मलाई फोन गरेर आफू कालीमाटीबाट निस्कँदै गरेको र मलाई संसद् भवन अगाडी आउँदै गर भनी बोलाएका थिए । त्यसपछि निज प्रतिवादीलाई मैले आफू संसद् भवनतर्फ नआउने, बरु तपाई नै ग्लोबल कलेज अफ म्यानेजमेन्ट तर्फ आउनु भनेकोमा निज प्रतिवादीले आफूलाई ग्लोबल कलेजको लोकेसन थाहा नभएकोले मैले पुरानो बानेश्वर चोक जाने बाटोतर्फ पर्छ भनी ठेगाना बताई दिएकोमा त्यसपछि मैले निज प्रतिवादीलाई ६ बजेर ५३ मिनेटमा फोन गर्दा निजले आफू अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट पुरानो बानेश्वर तर्फ मोडिएको बताएका थिए ।
निज प्रतिवादीले ६ बजेर ५८ मिनेटमा मलाई फोन गरेर आफू लिटिल काठमाडौँ भन्ने रेष्टुरेन्ट अगाडी रहेको र पुनः ७ बजे बजे फोन गरेर बर्गर हाउस जस्तो रेष्टुरेन्ट छ त्यही आऊ भनेकोले उक्त स्थानमा जाँदा निजले रोकी राखेको सेतो रङको अल्फाबेट थाहा नभएको ०२६ च ४४४४ नम्बरको निशान गाडी फेला परेको र उक्त गाडीभित्र निज सन्दीप लामिछाने रहेकोमा निजले मलाई आऊ बस भनेपछि म उक्त गाडीको अगाडीको सिटमा बसे पश्चात् निज प्रतिवादीले नाइस टु मिट यू भनेर साइडबाट अंगालोमा राखी त्यसपछि निज प्रतिवादीले केही पनि नभनीकन गाडी चलाउन थालेको र मैले कहाँ जाने भनेर निजलाई सोध्दा निज प्रतिवादीले लेट्स सी भनेर सिनामंगलतर्फ मोडिएर भित्री बाटो हुँदै तीनकुने हुँदै कोटेश्वरतर्फ लगे ।
त्यसपछि निजलाई मैले हामी कता जान लागेको हो र भनेर सोध्दा मेरो मन्जुरीबिना भित्री बाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगी त्यसपछि निजले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा अँध्यारो भइसकेपछि करिब ८ बजेर २० मिनेटमा पुर्याएको र सोपश्चात् निज प्रतिवादीले मलाई डिंक खाने प्रस्ताव गरेको र मैले कहिल्यै ड्रिंक नखाएकीले इन्कार गरेँ ।
निजले पुनः प्रस्ताव गर्दा पनि मैले पुनः इन्कार गरेँ । त्यसपछि निजले बोजिनी नगरकोट रिसोर्टका स्टाफसँग भिआईपी रुम बुक गर्ने सम्बन्धमा पटक पटक कुराकानी गरेका र मलाई के गर्ने फर्कने कि यहीँ बस्ने भनेर सोधेकोमा मैले अर्को दिन बिहान मेरो काम भएको र कलेज जानुपर्ने भएकाले बस्न नमिल्ने बताएकोमा अन्दाजी १० बजेर ४५ मिनेटमा निज प्रतिवादीले बिल तिर्न जाने क्रममा निजको गाडीको विद्युतीय साँचोबाट गाडीको लक खोलिदिएपछि म उक्त गाडीमा गएर बसेँ । सो पश्चात् निज प्रतिवादीले मलाई नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाडौँ फर्कँदा रातको समयमा होस्टलमा प्रवेश गर्ने अनुमति नहुने भएकोले निज प्रतिवादीले पिंगलास्थान अवस्थित होटल काठमाडौं ईनमा कोठा बुक गर्ने कुरा गर्दा मैले दुई वटा कोठा बुक गर्न भनेकोमा निज प्रतिवादीले आफ्नो मोबाइलबाट कल डायल गरेर ‘अनिश भाइ, त्यही रुम बुक गरिदिनु’ भनी सो होटलका अनिश नामका एक सहयोगीलाई फोन गरेको र मलाई होटलमा एउटा मात्र रुम छ भने । त्यसपछि मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा निजले मेरो मोबाइल खोसेर होटल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए ।
निज प्रतिवादीले होटल नजिक पुग्दा मलाई मास्क छ की छैन भनेर सोधेकोमा मैले आफूसँग मास्क छैन भनेपछि निज प्रतिवादीले मलाई जसरी पनि मास्क लगाउन भनी आफूले लगाएको मास्क खोलेर लगाउन दिई होटलका सहयोगी अनिश भन्ने व्यक्तिसँग रुमको चाबी लिएर जाउ भनी मलाई गाडीबाट ओरालेर आफू गाडी पार्क गर्न गई ।
सो पश्चात् होटलको गेटमा रहेका अनिश भन्ने सहयोगीले मलाई गेटमा चाबी दिई लिफ्ट खोली माथि ४०७ नं। कोठामा जानु भनेकोले म सरासर कोठा नं। ४०७ मा गएर हातमुख धोइरहेको अवस्थामा निज प्रतिवादी कोठाभित्र आई एसी चलाउन खोज्दा नचलेकाले उक्त कोठाबाट अन्दाजी ११ बजेर ५५ मिनेटमा कोठा नं। ३०५ मा सरेकोमा उक्त दिन म निकै थाकेकीले कुर्सीमा नै अर्ध निन्द्रामा परेको र निज प्रतिवादीले मलाई बेडमा गएर आराम गर भनेपश्चात् म बेडमा गई आराम गर्दै गर्दा प्रतिवादीले मलाई लुगा फुकालेरै सुत भनेकोमा म लुगा नफुकालीकन पल्टेको थिए एक छिनमा म निदाएछु ।
त्यसको अन्दाजी २० देखि २५ मिनेट पछि २०७९।०५।०६ गते अन्दाजी १२ बजेर २५ मिनेटतिर म ब्युँझिँदा निज प्रतिवादी मसँग सुत्न आई जबरजस्ती मैले लगाएको पाइन्ट खोली आफ्नो पाइन्ट समेत खोली मैले नमान्दा नमान्दै मेरो इच्छा विपरीत जबरजस्ती करणी गरेर मेरो शरीरमा वीर्य झारी आफू बाथरुम तर्फ गई पुनः बेडमा आई सुतेकोमा त्यसको करिब एक घण्टा पछि निज प्रतिवादीले मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने त्यसपछि मलाई डर लागी रुँदै गर्दा मलाई चल्न नदिई पुनः दोस्रो पटक जबरजस्ती करणी गरी बिहानीपख निज प्रतिवादीले मलाई आफ्नो ७ बजे बजे हायात प्लेसमा पीसीआर परीक्षण रहेकोले आफू जानुपर्ने भएको भनी मलाई ब्रेकफास्ट खाएर जाऊँ भन्दा मैले नमानेपछि निज प्रतिवादीले मलाई गाडीमा राखी मेरो होस्टल नजिकै लगेर छोडी गाडी लिई फरार भएका हुन ।
साभार :– डिसी नेपाल